आर्थिक संकटमा परेको पीआईएको बोइङ ७७७ विमान ग्राउन्डेड

कराची—गम्भीर आर्थिक संकटको सामना गरिरहेको पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए)को धेरै बोइङ ७७७ विमानहरू मर्मतका लागि अपर्याप्त रकमको कारण ग्राउण्डेड भएको पाकिस्तानको स्थानीय सञ्चार माध्यम एआरवाई न्यूजले उल्लेख गरेको छ।

स्रोतका अनुसार राष्ट्रिय ध्वजावाहकले चार बोइङ ७७७ विमान ग्राउण्डेड गरेको छ, जसमा प्रति विमान ३१ देखि ४ करोड रुपैयाँसम्म मर्मत खर्च हुने अनुमान गरिएको छ ।

इन्धन अभावका कारण विगत ११ दिनमा ५ सयभन्दा बढी उडान रद्द गर्नुपर्दा पीआईए पछिल्लो समय नाजुक अवस्थाबाट गुज्रिरहेको छ । पाकिस्तान स्टेट आयल (पीएसओ) ले भुक्तान नगरेको कारणले एयरलाइनन्स दिने इन्धन आपूर्ति घटाउँदा पीआईएलाई थप संकट परेको छ । पीआईएले अक्टोबर १३ यता ५३७ उडानहरू रद्द गरेको छ।

पाकिस्तान स्टेट आयल (पीएसओ) ले भुक्तान नगरेको कारण इन्धन आपूर्तिमा कटौती गरेपछि राष्ट्रिय ध्वजावाहकले इतिहासकै सबैभन्दा खराब संकटको सामना गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस