अमेरिकामा दुई चिनियाँ एजेन्टमाथि जासुसीको अभियोग

वासिंगटन डि सि । अमेरिकामा दुई चिनियाँ नागरिकमाथि जासुुसी गरेको अभियोग लागेको छ । विदेशमा रहेका चीन बिरोधी बिरुद्ध काम गर्ने र उत्पीडनको मुद्दामा दुई चिनियाँ एजेन्टमाथि अभियोग लागेको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ ।

ती एजेन्टहरुले विदेशस्थित चीन बिरोधी पक्षहरुलाई निशाना बनाउादै अपरेसन फक्स हन्ट मिसन चलाएको न्याय मन्त्रालयले बताएको छ । दर्ता नभएको एजेन्टको रुपमा काम गर्ने अन्य नौ जना माथि पनि जासुसीको अभियोग ागेको न्याय मन्त्राललयले जनाएको छ । अपरेसन फक्स हन्ट मार्फत विदेशमा रहेका चिनियाँ नागरिकहरुलाई चीन फिर्ता हुन बाध्य बनाउन गोप्य रुपमा काम गरिरहेको बताईएको छ ।

चीन सरकारले भने भ्रष्टचार गरी विदेशमा फरार रहेका बिरुद्ध अपरेसन फक्स हन्ट चलाएको दाबी गर्दै आएको छ । मानिसहरुलाई धम्काउने, हिंसा तथा उत्पीडन गरेको आरोपमा गत बर्ष अक्टोबरमा पनि पाँच चिनियाँ एजेन्ट पक्राउ परेका थिए । पछिल्लो समय चिनियाँ अभियोजनकर्ता समेत रहेका पचास बर्षीय तु लान माथि उत्पीडनको अभियोगमा लागेको छ । स्रोत डेली मेल

प्रतिक्रिया दिनुहोस