कोरोना माहामारीमा खाधान्न संकट बिरुद्ध भारत सरकारले खेलेको भूमिका

नयाँ दिल्ली । भारत सरकारले कोभिड १९ माहामारीको समयमा खाधान्न अभाव हुन नदिन उल्लेखनीय भूमिका खेलेको छ ।
कोरोना भाइरस माहामारीका कारण सन् २०२० मानवजाति को लागि ऐतिहासिक भएको छ । कोरोना माहामारीले स्वास्थ्य, सामाजिक तथा आर्थिक क्षेत्रलाई नराम्रो असर पारेको छ ।

गरीबी तथा मोकमरी जस्ता संकट उन्मुलन गर्न दशकौँ देखि लागि परेको विश्व नेतृत्व तथा विभिन्न क्षेत्रमाथि थप जटिलता र चुनौति थपेको छ । एक बर्ष भन्दा बढी समय मानिसहरु कोरोना भाइरससँग संघर्ष गरिरहेका छन् । मानिसको विभिन्न अधिकार सुनिश्चितता का लागि भोकमरी र खाधन्न सुरक्षा पहिलो आधारभुत आवश्यकता हो ।

कोरोना माहामारीले कमजोर समुदायहरुमा थप भोकमरी र खाधन्न अभावको अवस्था सिर्जना भएको छ । माहामारीमा उत्पादन र आपुर्तिको श्रींखला भत्किएको, खाधान्न सहायता प्राप्त गर्न नसकेको तथा लाखौँ मानिसले रोजगार गुमाएका कारण समग्र आर्थिक क्षेत्र प्रभावित छ । यसले खाधान्न अभाव साथै भोकमरीको अबस्था ल्याएको छ । संयुक्त राष्ट्रसंघ विश्व खाधान्न कार्यक्रम (डब्लुएफपी) को अनुसार कोभिड १९ माहामारीका कारण विश्वभरी २६ करोड भन्दा धेरै मानिसहरु अति खाधान्न संकटमा परेका छन् ।

कोरोना माहामारी अघि खाधान्न संकटमा रहेका मानिसको संख्या १३ करोड रहेको थियो । त्यस्तै ६९ करोड मानिसहरु प्रत्येक रात भोकै सुत्नु परेको डब्लुएफपीले जनाएको छ । डब्लुएफपी ले युद्धग्रत क्षेत्रमा शान्तिपुर्ण वातावारण निर्माण गरेको र भोकमरी बिरुद्ध प्रभावकारी कदम चालेको भन्दै सन् २०२० नोबेल शान्ति पुरस्कार बाट सम्मानित भएको थियो ।

भारतमा कोभिड १९ माहामारीको समय खाधन्न अभाव बिरुद्ध सरकारले प्रभावकारी र उदाहरणीय भूमिका खेलेको छ भन्दा फरक पर्दैन । विपन्न समुदायलाई खाधन्न उपलब्धताका लागि भारत सरकारले विभिन्न निकाय तथा नागरिक समाजसँग सहकार्य गरेको छ ।

भारतमा कृषिमा व्यापक विकास, लामो समययता खाधन्नमा आत्मनिर्भर तथा पर्याप्त खाधन्न भण्डारण का कारण माहामारीमा खाधन्न उपलब्ध गर्न सरकारलाई सहज भएको हो । संयुक्त राष्ट्रसंघको विश्व खाधन्न कार्यक्रमसँग पचास बर्षयता सहकार्य गरिरहेको भारतले खाधान्नमा आत्मनिर्भरता विकास गरेको छ । माहामारीको समयमा खाधान्न अभाव बिरुद्ध भारत सरकारको काम उल्लेखनीय छ । माहामारीमा सरकारले आप्रवासी कामदारहरुलाई नगद तथा खाधान्न वितरण साथै शहरी क्षेत्रमा लाखौँ कामदारहरुलाई खाना वितरण गरेको थियो ।

त्यस्तै किसान, आप्रवासी कामदार, साना व्यापारी तथा स्वरोजगारहरुलाई आर्थिक सहुलियत प्रदान गर्ने सरकारले निर्णय गर्‍यो । कोरोना माहामारीको समयमा सर्वसाधारणलाई खाधान्न अभाव हुन नदिन भारत सरकारले खेलेको भूमिका उल्लेखनीय र उदाहरणीय छ । स्रोत द हिन्दु

प्रतिक्रिया दिनुहोस