नर्वेको संसदमा चीनद्धारा साइबर आक्रमण भएको विदेश मन्त्राललयको भनाई

ओस्लो । नर्वे संसदको प्रविधि (आईटी) मा चीनले साइबर आक्रमण गरेको आरोपमा नर्वे विदेश मन्त्रालयले चिनियाँ राजदूतलाई बोलाएको छ ।नर्वेको संसदको प्राविधिक प्रणालीमा चीनले आक्रमण गरेको आरोपबारे जवाफ दिन विदेश मन्त्रालयले चिनियाँ राजदूतलाई बोलाएको हो । गत मार्च १० मा नर्वे संसदको इमेल प्रणालीमा हस्तक्षेप भएको संसदले बताएको थियो ।

विदेश मन्त्रालयको अनुसार ह्याकरले संसद को माईक्रोसफ्ट एक्सचेन्ज सफ्टवेरको सुरक्षा भंग गरेको थियो । हरेक साइबर आक्रमणले विभिन्न प्रमाण छोड्ने र त्यहि अनुसार अनुसन्धान हुने विदेशमन्त्री इन इरिक्सेन सोरेडले बताएका छन् ।

हालसम्म पाएको जानकारी र अनुसन्धान अनुसार उक्त साइबर आक्रमण चीनबाट भएको पत्ता लागेको विदेशमन्त्री सोरेडले बताए । यस्ता गम्भिर अपराधहरुले आफ्नो लोकतान्त्रीक प्रणालीलाई प्रभाव पारिरहेको उनले बताए । यो बिषयलाई चीनले गम्भिर रुपमा लिने र आगामी दिनमा उक्त घटना नदोहोयाउने सुनिश्चित गर्नुपर्ने उनले बताए । गत मार्च मा चिनियाँ ह्याकरहरुले अस्ट्रेलियाली संसदको इमेल नेटवर्कमा पनि आक्रमण गरेको बताईएको थियो । विभिन्न संस्थानहरुमा साइबर आक्रमण गर्न चीनद्धारा प्रायोजित ह्याकर समुहहरुले विभिन्न प्रणाली प्रयोग गरिरहेको माईक्रोसफ्टले जनाएको छ । स्रोत याहु न्युज

प्रतिक्रिया दिनुहोस