छोरालाई मुभि स्टार बनाउन किन चाहन्नन् करिना ?

काठमाडौं । बलिउड अभिनेत्री करिना कपूर अहिले कला क्षेत्रमा खासै सक्रिय छैनन् । दुई सन्तानकी आमा बनेकी उनी सन्तान हुर्काउनमै व्यस्त छिन् । हरकोहि अभिभावकको रहर हुन्छ कि आफ्नो सन्तान मुभि स्टार बनून्, धेरैले चिनून् । तर करिनाले भने आफ्ना छोराहरुलाई आफूले मुभि स्टार बनाउन नचाहेको बताएकी छिन् ।

हालसालै एक भारतीय सञ्चार माध्यमसँग कुराकानी गर्दै छोराहरुलाई मुभी स्टार भन्दा पनि जेन्टलम्यान बनाउन चाहेको खुलाइन् । कुराकानीका क्रममा भनेकि छिन् – ‘म आफ्ना २ छोराहरुलाई जेन्टलम्यान बनाउन चाहन्छु । मानिसहरुले उनीहरुलाई दयालु स्वभावको भनुन् भन्ने म चाहन्छु । म चाहन्नँ कि उनीहरु मुभी स्टार बनुन् । जब उनीहरुले मेरो अगाडि आएर आफूहरुलाई सगरमाथा चढ्न मन लागेको बताउनेछन्, म निक्कै खुशी हुनेछु ।’

छोराहरु जे बन्न चाहेपनि आफूले सधैँ उनीहरुको साथ दिने उनले बताइन् । आफ्ना जेठा छोरा तैमुरमा पिता सैफअली खानको व्यक्तित्व झल्कने उनकाे भनाइ छ । यस्तै, कान्छा छोरा जहांगीरमा दुबै जनाको व्यक्तित्व झल्कने उनले बताएकी छिन् । तैमुर क्रियटिभ रहेको रंगहरु भर्न मन गर्ने करिनाले खुलाएकी छिन् । करिनाले आफ्ना २ सन्तानलाई हस्तक्षेप नगर्ने पनि बताएकी छिन् ।

उनले बच्चाहरुले गल्ती गरेको खण्डमा उनीहरुलाई नै सुधार्न दिनुपर्ने पनि तर्क गरेकी छिन् । करिनाको परिवार नायक सैफअली खानको आज परेको जन्मदिनको अवसरमा छुट्टी मनाउन माल्दिभ्स पुगेको छ ।

प्रतिक्रिया दिनुहोस