डिभोर्स गर्दा ऋतिकले दिएका थिए यति मोटो रकम, कति पाएकि थिइन् करिश्माले ?

एजेन्सी । सेलिब्रेटीहरु सधैँजसाे विभिन्न कारणले चर्चामा छाइरहन्छन् । राम्रो या नराम्रो गतिविधि जसो गरेपनि चर्चामा रहनैपर्छ भन्ने उनीहरुको मान्यता हुन्छ ।  जीवनशैली, खानपानदेखि उनीहरुको बिवाह पनि निकै महंगो हुन्छ, यो सबैलाई थाहा भएकै कुरा हो । नेपाल, भारत लगायत सबै देशका सेलिब्रेटीहरु तामझामले बिवाह गर्छन् । तर बिवाहमा लाखौँ, करोडौँ खर्चिएपनि उनीहरुको सम्बन्ध भने लामो समय टिकेको पाइँदैन ।

उनीहरु  उनीहरूको प्रेम, विछोड, विवाह र सम्बन्धविच्छेद पनि चर्चाकै विषय बन्छ । केही सेलेब्रिटीका विवाहभन्दा सम्बन्धविच्छेद झन् बढी चर्चामा रहे । कारण, विवाहभन्दा सम्बन्धविच्छेदमा उनीहरूको खर्च बढी भयो । सम्बन्धविच्छेदमा खर्च गर्नेमध्ये एक हुन् ऋतिक रोशन । ऋतिक व्यवसायी पनि हुन् । प्रोडक्सन हाउस र रेडिमेड गार्मेन्ट ब्रान्ड एचआरएक्सका मालिक हुन्, उनी । व्यावसायिक घरानाका उनी पैसा बढी फुर्मास गर्ने सेलेब्रिटीमा पर्छन् । रामरमाइलो र फिल्ममा मात्रै होइन, विवाहमा पनि उनले धेरै खर्च गरे । तर, विवाहमा भन्दा बढी खर्च र सम्बन्ध विच्छेदमा गरे ।

ऋतिकले सन् २००० मा इन्टेरियर डिजाइनर सुजैन खानसँग विवाह गरे । बैंग्लोरको गोल्डन पान रिसोर्टमा करोडौँ रुपैयाँ खर्च गरेर विवाह गरे । त्यतिवेला यो निकै चर्चाको विषय बनेको थियो । तर, १४ वर्षपछि २०१४ मा उनको सुजैनसँग सम्बन्धविच्छेद हुँदा विवाहको भन्दा निकै बढी खर्च भयो । सुजैनले उनीसँग सम्बन्ध टुंग्याएबापत ४ सय करोड भारतीय रुपैयाँ मागेकी थिइन् । तर, उनले तीन सय ८० करोड रुपैयाँ दिएका थिए ।

यस्तै अटो पाट्र्स निर्माण गर्ने कम्पनी सोना कोयोका अध्यक्ष सञ्जय कपुरको बलिउड अभिनेत्री करिश्मा कपुरसँग दोस्रो विवाह थियो । तर, विवाहबन्धनमा बाँधिएको केही समयलगत्तै सम्बन्धमा दरार आएका खबर बाहिरिन थाले । अभिषेक बच्चनसँग इन्गेजमेन्ट गरिसकेकी करिश्माले उनलाई छाडेर ६ महिनापछि सञ्जयसँग विवाह गरेकी थिइन् । सन् २००३ मा करिश्मा र सञ्जयको विवाह भएको थियो ।

तर, विवाहको १३ वर्षपछि सन् २०१६ मा उनीहरूको सम्बन्धविच्छेद भयो । यो कदम सञ्जयका लागि आर्थिक रूपमा भारी भयो । सम्बन्धविच्छेदका लागि सञ्जयले करिश्माको व्यवस्थापनका लागि ७ करोड रुपैयाँ दिएका थिए । सम्बन्धविच्छेदपछि सञ्जयले करिश्मा पैसाकै लागि आफ्नो पछि लागेको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस