झुठो बोलेर कसैको प्रिय नबन सत्य थाहा पाए पछि जिन्दगीभर कसैले तिमिलाइ आफ्नो भन्दैनन

१) लडाई झगडाको बेला एउटा समझदार मान्छे सधै एक पाईला पछाडी नै सर्ने गर्दछ जबकी मुर्ख मान्छेहरु दुइ पाईला अगाडी सर्ने गर्दछन ।

२) यदि झुकेर सम्बन्ध राम्रो हुन्छ भने झुकिदिनु तर हेरेक पल्ट तपाईनै झुक्नुपर्छ भने त्यो सम्बन्धलाई त्यहि रोकिदिनु ।

३) म यो हेर्दिन कि, के के गरिसके, म यो हेर्दछु कि, के के गर्न बाकी छ ।

४) सुन्दरता संग गरिने प्रेम उमेरले मेटाईदिन्छ, धन संग गरिने प्रेम समयले सकाईदिन्छ तर मन संग गरिने प्रेम सधै भरि रहिरहन्छ ।

५) प्रेम के हो त्यो आमाले दिने माया बाट थाहा हुन्छ यदि साच्चिकै तिमिले महिलालाई सम्मान गर्छौ भने ।

६) खुशी छु जिन्दगी देखि, र त रुवाउने हिम्मत कसैले गर्दैनन । मुस्कान झुठो होइन तस्वीरको दुनियाँले जेसुकै सोचे पनि ।

७) चुनौतिहरुले नै माच्न्ह्हेको जीवनलाई रोमान्चक बनाउने गर्छ र यहि चुनौतीहरुले नै तपाईको व्यक्तित्वलाई अझै महत्वपूर्ण बनाइदिने गर्छ, त्यसैले चुनौतीहरुलाई स्वकार्ण सिक्नुहोस ।

८) मान्छे भित्र लुकेको एउटा स्वभाव छ, प्राय सबै मान्छेहरुले भन्ने गर्छन् कि तपाइँ राम्रो गर्नुस तर भित्र यो पनि चाहन्छन कि राम्रो त गरोस तर म भन्दा राम्रो चाहि नगरोस ।

९) बनिदेउ मुस्किललाई अझ कठिन भई भनेर, भनिदेउ त्यो लक्ष्यलाई अझ टाढा जा भनेर, के नाप्न चाहन्छौ हाम्रो हिम्मतलाई ? गएर भन्देउ त्यो निलो आकाशलाइ अझ माथी जा भनेर ।

१०) जीवनलाई बुझ्नु छ भने पछाडी फर्केर हेर्नु र जीवनलाई जिउनु छ भने अगाडी पाईला चल्ने गर्नु ।

११) झुठो बोलेर कसैको प्रिय नबन सत्य थाहा पाए पछि जिन्दगीभर कसैले तिमिलाइ आफ्नो भन्दैनन ।

१२) जरुरी यो छैन कि सबैले तिमिलाइ बिश्वास गरुन, बस तिमी झुठ नबोल त्यो नै तिम्रो आफू प्रति को ठुलो बिश्वास हो ।

१३) यदि तपाई संग हरेक परिस्थितिमा सम्हालिन सक्ने क्षमता छ भने जसले जतिनै नराम्रो गरे पनि त्यसले तपाईलाई केहि असर पर्ने छैन ।

१४) प्रेम अधुरो रहयो यो जुनीको लागि, भगवान संग कामना गर्छु अर्को जुनी कसैसंग प्रेम नै नहोस ।

१५) अरुले भनेको हरेक कुरालाई यदि मनमा लिन थाल्नु भयो भने जिन्दगी भर रुनु पर्ने छ, त्यसैले सबैको कुरा सुन्नु तर मनमा त्यहि कुरा लिनु जुन तपाईको मनले भन्ने गर्छ ।

यी बानीको विकास गरि पैसाको बचत गरौँ : पैसा सबैथोक होइन । तर, आफ्नो दैनिक जीवन निर्वाह गर्न र आफ्ना सपनाहरुलाई आकार दिन पैसाको आवश्यकता पर्छ ।

आफूसंग भएको बेलामा खर्च गर्ने र समय आउँदा टर्छ भन्ने बानीले हामीलाई आवश्यक परेको बेलामा आर्थिक अभावमा डुब्छौं । त्यसैले यहाँ पैसा बचत गर्ने बानीको विकासको लागि केही सामान्य उपायहरु उल्लेख गरिएको छ :

– सामान किनमेल गर्न जानुअगाडी आफूलाई आवश्यक रहेका कुराहरुको लिस्ट बनाउनुहोस् ।

– बजारमा किनमेल गर्दा पहिला आफूलाई आवश्यक परेका कुराहरु मात्र खरिद गर्नुहोस् । पैसा बच्यो भने मात्र ती बाहेकका कुरा किन्नेबारे सोच्नुहोस् । – घरमा खुत्रुके राख्नुहोस् ।

– सामानको भाउ घटाएर किन्नुभो भने त्यो छुट पाएको पैसा खुत्रुकेमा राख्नुहोस् । – दक्षिणा आउने पैसा खुत्रुकेमा जम्मा गर्नुहोस् ।

– एक रुपैयाँको सिक्काको महत्व पनि धेरै हुन्छ । सिक्का पैसाहरु खुत्रुकेमा राख्ने गर्नुहोस् ।

– कसैलाई उपहार दिंदा पुस्तक , कलम उपहार दिनुहोस् । यसले तपाईंको पैसा पनि केही बच्छ भने पठन संस्कृतिको पनि विकास हुन्छ ।

– बजारको हल्लाको पछाडी हिड्नुभन्दा त्यो सामानबारे राम्ररि जानकारी लिएर मात्र खरिद गर्नुहोस् ।

– ‘सेल’ मा राखेको सामान वा सस्तोमा सामान पाइयो भन्दैमा तत्काल आवश्यक नै नभएको सामान खरिद नगर्नुहोस् । – आफ्नो आम्दानि र खर्चको लेखाजोखा गर्ने बानी बसाल्नुहोस् ।

– यदि तपाईं विद्यार्थी हुनुहुन्छ भने पनि आफ्नो घरको आम्दानिको स्रोत, खर्च, आर्थिक व्यवस्थापन आदिको बारेमा जानकार रहनुहोस् ।

– धुम्रपान र मद्दपान गर्न छोड्नुहोस् । – बाहिरको खाना र जंक फुड छोडेर घरको खाना खाने गर्नुहोस् । – सार्वजनिक सवारी साधनको प्रयोग गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस