लकायदा र तालिबानबीच बलियो साँठगाँठ रहेको अफगानी गुप्तचर अधिकारीको भनाई

वासिंगटन । अफगानिस्तानमा तालिबानसँग अलकायदाको बलियो सम्बन्ध रहेको अफगानी अधिकारीले बताएका छन् ।तालिबान विद्रोही सँग आतंकवादी सञ्जाल अलकायदाको विश्वले सोचे भन्दा बलियो र गहिरो साँठगाँठ रहेको बरिष्ठ अफगानी गुप्तचर अधिकारीले बताएका छन् । आर्थिक सहयोग र बम बनाउने कामको बदलामा तालिबान विद्रोही लडाकु समुहले अलकायदा आतंकवादीहरुलाई प्रश्रय र आरक्षण दिईरहेको अफगानी अधिकारीले बताए ।

गत बर्ष अफगानिस्तानको दुर्गम गाउँमा सुरक्षाकर्मीको कारबाहीमा एक अलकायदा लडाकु मारिएपछि अलकायदा र तालिबान कति निकट छन् स्पष्ट भएको छ । अमेरिकी सेना फिर्ता भईरहेको बेला अफगानिस्तानमा थप द्धन्द्ध चर्किने बिश्लेषण भईरहेको बेला यस्तो रिपोर्टहरु सार्वजनिक भएका हुन् ।

तालिबानले भने कुनै आतंकवादीसँग साँठगाँठ नगर्ने र आरक्षण नदिने दाबी गर्दै आएको छ । तालिबानले अमेरिका र अमेरिकी साझेदारहरुको सुरक्षा बिरुद्ध कसैलाई पनि अफगानिस्तानको भूमि प्रयोग हुन नदिने प्रतिबद्धता गर्दै आएका छन् ।

तर तालिबानले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग गरेको यस्तो प्रतिबद्धता मजाक र भूटो रहेको अफगानी अधिकारीले टिप्पणी गरे । आतंकवादी संगठन अलकायदाले विश्वका विभिन्न ठाउँबाट पैसा संकलन गरि तालिबान लाई दिने र आत्मघाती बम आक्रमणबारे रणनीतिक सीप सिकाउँदै आएको उनले दाबी गरे । त्यसको बदलामा तालिबानले अलकायदालाई आरक्षण र प्रश्रय दिने गरेको उनले बताएका छन् । स्रोत जी फाईभ

प्रतिक्रिया दिनुहोस