गर्भावस्थामा विश्व कीर्तिमान: ३७ वर्षीया अफ्रिकी महिलाले एकैपटक १० बच्चाहरू जन्माइन्

काठमाडाैँ । ३७ वर्षीया अफ्रिकी महिलाले एकैपटक १० बच्चाहरू जन्माएकी छन् । गर्भावस्थामा उनले विश्व कीर्तिमान ताेडेकी छन् ।

सुन्दा अचम्म लाग्ला तर याे सत्य हाे ।

दक्षिण अफ्रिकाको गोटेंग प्रान्तकी एउटी महिलाले एकै साथ १० बच्चाहरूलाई जन्म दिएर विश्व कीर्तिमान बनाएकी छन् । महिलाको नाम गोसेम थामरा सिथोल हो । गोसेमले ७ जुनमा ७ बाबु र ३ नानीहरू जन्म दिइन् ।

Gosiame Sithole
Picture: Twitter


यससँगै ३७ वर्षीय गोसेमले माली निवासी हलीमाको विश्व कीर्तिमान ताेडेकी छन् । गत महिना मोरक्कोमा नौ बच्चालाई जन्म दिएर हलीमाले विश्व कीर्तिमान भंग गरेकी थिइन् । गोसेमसँग पहिले नै-वर्षका जुम्ल्याहा बच्चाहरू छन् ।चिकित्सकहरूले याे एकदमै दुर्लभ घटना भएकाे बताएका छन् । एजेन्सीकाे सहयाेगमा

प्रतिक्रिया दिनुहोस