आँधीमा परेर अमेरिकामा १९ महिने बालकसहित एकै परीवारका ३ नेपालीको मृत्यु

काठमाडौं । अमेरिकामा आएको आँधी र वर्षाका कारण एकै परीवारका ३ जनाको मृत्यु भएको छ । न्यूयोर्कमा आएको ‘आइडा’ नामक आँधीमा परेर उनीहरुको ज्यान गएको युनाइटेड शेर्पा एशोसिएसन यूएसले जनाएको छ ।

मृत्यु हुनेहरुमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं २ जुनवेशी घर भइ हाल न्यूयोर्कमा बस्दै आएका आङ गेलु लामा उनकी श्रीमती मिङमार शेर्पा र उनीहरुको १९ महिनाको छोरा लोप्साङ लामाको मृत्यु भएको हो ।

पछिल्लो केही दिनयता अमेरिकाको विभिन्न राज्यहरुमा भारी वर्षासँगै आँधीका कारण ठूलो मात्रमा धनजनको क्षति पुगेको छ । आँधी र वर्षाका कारण मत्रै त्यहाँ ६८ को मृत्यु भइसकेको छख ।

आज शुक्रबार बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ
भदौ १८ गते । आज शुक्रबार बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । आज शुक्रबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा १ सय रुपैयाँ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुन ताेलामा १ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै आज तेजावी सुन पनि तोलामा १ सय रुपैयाँ बढेर प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीकाे मूल्य भने आज तोलामा १० रुपैयाँ घटेको छ । आज चाँदी ताेलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस