गुमनाम ईशा देओलले ११ वर्ष देखि लुकाएको के यस्तो चिज प्रदर्शन गरिन् ? चुलियो उनको चर्चा

धमेन्द्र र हेमामालिनीकी छोरी ईशा देओल लामो समयदेखि ठूलो पर्दाबाट टाढा छिन् । विवाह पछि उनी गुमनाम जस्तै भएकी छन् । बलिउडका हस्ती बुवाआमाकी छोरी इशाले फिल्म क्षेत्रमा त्यती राम्रो नाम कमाउन सकिनन् । तर, सामाजिक सञ्जालमार्फत चर्चामा आइरहेकै छिन् । ईशाको पछिल्लो तस्बिरबारे अहिले सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ ।

उनले ११ वर्ष देखि लुकाएको यस्तो चिज प्रदर्शन गरिन् जसका कारण उनी चर्चामा छन् । धर्मेन्द्र हेमा मालिनीकी छोरी ईशाले पछिल्लो फोटोमा आफ्नो ट्याटु प्रदर्शन गरेकी छिन् । ईशाले यो ट्याटु ११ वर्षअघि नै बनाएकी थिइन् । तर यसअघि उनले सामाजिक सञ्जालमा पोस्ट गरेको फोटोमा कहिल्यै यो ट्याटु देखिएको थिएन ।

उनले पछिल्लोपटक खेलेको हिन्दी फिचर फिल्म ‘टेल मी ओ खुदा’ हो । यो फिल्म २०११ मा रिलिज भएको थियो । यसपछि उनी केही दक्षिण भारतीय फिल्ममा देखिएकी छिन् । उनी पछिल्लो पटक २०१९ मा ‘केक वाक’ नामक सर्ट फिल्ममा पनि देखिएकी थिइन् । ईशाले अहिले करियरको नयाँ पारी सुरु गरिसकेकी छिन् । उनी अहिले प्रोड्युसर बनिसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस