विश्वको सबै भन्दा बढी उमेर बाँचेका शरीर जोडिएका जुम्ल्याहा दाजुभाईको निधन

एजेन्सी असार २३ । विश्वमै सबै भन्दा बढी उमेर बाँच्न सफल शरीर जोडिएका जुम्ल्याहा दाजुभाईको निधन भएको छ । उनीहरुको ६८ बर्षको उमेरमा निधन भएको डेलीमेलले जनाएको छ । रोनी र डोनी नामका ती जुम्ल्याहाको जन्म २८ अक्टोबर १९५१ मा भएको थियो ।

अमेरीकाको ओहियो अस्पतालमा उपचारको क्रममा निधन भएका उनीहरुको मृत्यु प्राकृतिक कारणले भएको चिकित्सकहरुले बताएका छन् । सन् २०१४ मै उनीहरुले विश्वमा सबै भन्दा धेरै जिउने शरीर जोडिएको जुम्ल्याहाको रेकर्ड बनाएका थिए । यो भन्दा अघि अमेरीकी मुलका चेंग र एंग बंकरको नाममा यो रेकर्ड थियो ।

दुबैको शरीर पेटदेखि जन्मजातै जोडिएको थियो । उनीहरुको लोअर डाईजेस्टिव ट्रयाक र मलाशाय समेत एउटै थियो । जब कि उनीहरुको मुटु अलग अलग थियो । दुबैको हात र खुट्टा पनि बिलकुल समान थियो ।

उनीहरुको रेखदेख भाई जिम र उनकी श्रीमतिले गरेका थिए । यो जोडीले सन् २०१४ मा कार्निवल साईड सो मा भाग लिएका थिए ।
यसमा उनीहरुले कमाएको पैसा बाँकी ९ जना भाई बहिनीको लागि खर्च गरेका थिए । करीब २० बर्ष सम्म उनीहरु परिवारबाट अलग्गिए पनि सन् २०१० पछि स्वास्थ्यका कारण परिवारसगैँ पुन बसेका थिए ।

उनीहरु जन्मिए देखि २ बर्ष भन्दा बढी समय लगातार चिकित्सकहरुले उनीहरुलाई अलग्याउने प्रयास गरे पनि सफल हुन सकेको थिएन ।
उनीहरुले जन्मिने वित्तिकै उनीहरुकी आमाले हुर्काउन अस्वीकार गरे पछि बुवाले रेखदेख गरे र पछि सौतेनी आमाले । उनीहरु २९ महिनाको भए पछि उभिएर हिड्न सिकेका थिए । अनेकौ थेरापी र तालिमले उनीहरुलाई हिड्न, दिशा पिशाब गर्न सिकाईएको थियो । उनीहरु दुबै जना दाँया हाते भएकाले पनि अझ जटिलता थपिएको थियो ।

प्रतिक्रिया दिनुहोस