पूरानो भन्दा पूरानो निमोनियाको घरेलु उपचार, प्रयोग गरेर हेर्नुहोस्, आफै देख्नुहुनेछ नतिजा

ब्याक्टेरिया, भाइरस र फंगलका कारण फोक्सोमा हुने समस्या निमोनिया हो। संक्रमणका कारण फोक्सोको वायुथैलीमा तरल पदार्थ भरिएर सुन्निने भएकाले श्वास-प्रश्वासमा समस्या देखिन्छ। पुदिना, अदुवा, जिरा, दालचिनीको बोक्रा, ल्वाङजस्ता भान्सामा उपलब्ध हुने हर्बलमा औषधीय गुण हुन्छ।

निमोनिया हुँदा खोकी, ज्वरो, छातीको दुखाइ, थकान, श्वास-प्रश्वासमा समस्याजस्ता जटिलता देखा पर्छन्। कोरोना भाइरसले समेत फोक्सोमा संक्रमण गराएर श्वास-प्रश्वासमा समस्या ल्याउने गर्छ।

सामान्य निमोनिया र कोभिड-१९ का लक्षणसमेत आपसमा मिल्छन्। यसर्थ, सामान्य निमोनिया हुँदैमा आत्तिनु हुँदैन।

निमोनियाको उपचारका लागि एन्टिबायोटिक आवश्यक हुन्छ। तर, सामान्य प्रकृतिको निमोनियाको उपचारमा घरेलु विधि पनि प्रभावकारी हुन्छ।

घाँटी दुख्ने र खोकी लाग्नेजस्ता लक्षणका लागि नुनपानीको सेवन प्रभावकारी मानिन्छ। एक गिलास तातोपानीमा थोरै नुन राखेर प्रत्येक तीन घण्टामा पिउनुपर्छ। पुदिना, अदुवा, जिरा, दालचिनीको बोक्रा, ल्वाङजस्ता भान्सामा उपलब्ध हुने हर्बलमा औषधीय गुण हुन्छन्।

यस्ता हर्बलमा एन्टिब्याक्टेरियल गुण हुन्छ। त्यसैले निमोनियाका कारण श्वास-प्रश्वासको समस्या भएका व्यक्तिका लागि फाइदाजनक हुने गर्छ।

प्रतिक्रिया दिनुहोस