१८ वर्षीय युवक गर्भवती, यस्तो छ सबैलाई रुवाउने त्यो दुखदायी पिडा !

आमा बन्नु हरेक महिलाका लागि सबैभन्दा विशेष पल हुन्छ । किनकी उनको शरीरभित्र उनको आफ्नै अंशको रुपमा नयाँ मान्छे बढिरहेको हुन्छ । तर के तपाईंले कहिल्यै कुनै पुरुषले समेत यस्तै मातृत्वको अनुभूति गर्न पाएको देख्नुभएको छ ? सायद छैन होला । किनकी पुरुषहरु आमा बन्न सक्दैनन् ।

तर अमेरिकामा चाहिँ एउटा अनौठो मामिला सार्वजनिक भएको छ । एकजना १८ वर्षीय अमेरिकी युवक गर्भवती भएका छन् । अहिले उनको कोखमा ४ महिनाको भ्रूण हुर्किरहेको छ । ती युवकको गर्भ रहेको तस्वीर पछिल्लो समय सोसल मिडियामा भाइरल बनिरहेको छ ।

उनको नाम मिकी च्यानेल हो । उनी अमेरिकाको बोस्टन सहरमा बस्छन् । उनी पुरुष हुन् तर उनको शरीरमा प्रजनन प्रणालीचाहिँ महिलाको छ । सोही कारण उनले गर्भाधारण गरेका हुन् ।

मिकीको जन्म पुरुषकै रुपमा भएको थियो । उनकी आमाको गर्भको जाँच गर्दा गर्भमा छोरी रहेको डाक्टरहरुले बताएका थिए । तर जब छोराको रुपमा मिकी जन्मिए, डाक्टरसमेत अचम्ममा परे । उनको शरीरमा पुरुषकै यौ’नां’ग थिए ।

तर उनको शरीरभित्र चाहिँ महिलाको जस्तै पाठेघर, अण्डासय लगायतका अंग रहेछन् । यसलाई चिकित्सा भाषामा ‘प’र्सिस्टेन्ट एमलेरिएन डक्ट सिन्ड्रोम’ अर्थात् पि’एम’डिएस भनिन्छ ।

आफ्नो जिउडाल, मनोकांक्षा तथा आनीबानीहरु केटीको जस्तो हुँदा उनले आफ्ना साथीसँगी तथा समाजसामु लज्जित महसुस गरेका थिए । तर उनलाई उनको परिवारले पूरा साथ दियो ।

मिकीको सानैदेखिको सपना थियो बच्चा जन्माउने । जुन अहिले सार्थक हुँदैछ । त्यसैले उनी निकै खुसी छन् । परीक्षणका क्रममा उनको पेटभित्र पाठेघर तथा अण्डासय लगायतका परिपक्व महिला प्रजनन अंग रहेको पत्ता लागेसँगै उनीमा सन्तान प्राप्तिको अभिलाषा जाग्यो ।

बाहिर पुरुष यौनांग भए पनि उनमा यौनिक रुपमा सक्रिय पुरुषको लक्षण थिएन अर्थात् उनी बाँझो थिए । तर शरीरभित्रको महिला प्रजनन प्रणालीका कारण उनी गर्भाधानका लागि सक्षम रहेको ठहर गरियो ।

डाक्टरहरुले अस्पतालमा निरन्तरको प्रजनन उपचार तथा कृत्रिम गर्भाधान पश्चात् उनको पाठेघरमा भ्रूण प्रत्यारोपण गरिएको हो । उनको यो नी नभएको हुनाले पेटमा शल्यक्रिया गरेर पाठेघरभित्र भ्रूण हालियो । गर्भ ९ महिना पुगेपछि त्यसैगरी शल्यक्रिया गरेर बच्चा बाहिर निकालिनेछ ।

बच्चा जन्माउने आफ्नो निर्णयबाट आफ्नी आमा तथा परिवार खुसी रहेको उनी बताउँछन् । उनी आफ्नो बच्चाको जन्मको व्यग्र प्रतिक्षामा छन् ।

प्रतिक्रिया दिनुहोस