६ वर्षको उमेरमा नै सिक्स प्याक बनाएर विश्वभर चर्चामा यी बालक

काठमाडौं: मानिसहरुले आफ्नो शरिर फिट राखिराख्न विभिन्न उपायहरु अपनाइरहेका हुन्छन्। शरिरलाई स्वस्थ र बलियो राख्न बिहान बेलुका शारीरिक ब्यायाम पनि गर्ने गर्छन्। हामिले धेरैजसो युवा अवस्थाका मानिसले मात्र शारीरिक ब्यायाम गरेको देखेका हुन्छौ । युवा नै बिहान बेलुका जीम जाने तथा शारीरिक ब्यायाम गर्ने गर्छन् ।

तर एक साना बालक छन् जसले दिनहु शारीरिक ब्यायाम गर्छन् । उक्त बालकले आफ्नो शरिरलाई फिट राख्न अनेक उपाय अपनाउछन् । तपाईलाई पत्यार नलाग्ला रु तर ईरानका उक्त बालकले ६ बर्षको उमेरमा नै सिक्स प्याक बनाएका छन् । ६ बर्षको उमेर मा नै सिक्स प्याक बनाएका ती बालकको विश्वभर नै चर्चा भइरहने गर्छ ।

आरत होसैनी नाम गरेका इरानका ती बालकका इन्स्टाग्राममा ४२ लाख भन्दा बढि फलोअर्स छन् । ईरानको बाबोल शहरका निवासी उनी लिभरपुल एकेडमीमा स्पोर्ट्स ट्रेनिग लिइरहेका छन। सन् २०१३ सेटेक्बर ३० मा इग्लैण्डमा जन्मिएका ती बालक ९ महिनाको उमेरमा नै जिमनास्टिक थालेका थिए । उनल दुई बर्षको उमेरसम्म नै अन्तरराष्ट्रिय चर्चा कमाइसकेका थिए । उनले फुटबलमा निकै रुचाी राख्छन् ।

प्रतिक्रिया दिनुहोस