यस्तो रहला यहाँको मङ्गलबार! कार्तिक ९ गतेको राशिफल हेर्नुहोस्

मेष राशिः मेष राशि हुनेहरुको लागि आज पुरुषार्थ बढ्ने र राम्रो उद्यम सम्पादनको दिन रहेको छ । मुख्य ठानिएको काममा ग्रहको अबरोध पनि हुनसक्ने देखिन्छ । अतिरिक्त पक्षमा ग्रहले राम्रै बल दिइरहेको देखिन्छ । कामकार्यमा रुचि बढ्ने छ । विशेष कार्ययोजना बन्नसक्ने छ । आफन्तीसँग भेटघाट हुने र सहयोग पनि पाइने छ । महत्त्वपूर्ण काममा आउने समस्या हटाउन श्रीहनुमान जीको र श्री सूर्यनारायण जीको दर्शन भक्ति उपयुक्त हुनेछ । आज यहाँलाई तीन अङ्क र हरियो रङ्गको प्रयोग गर्नु बढी फापसिद्ध बन्नसक्ने छ ।

वृष राशिः वृष राशिका व्यक्तिहरुको लागि आज लक्ष्मी तथा सरस्वती दुवैको कृपा मिल्ने योग परेकोले खजाना–धन दौलत जम्मा हुने र ढुकुटी बढ्ने देखिन्छ भने बोलीको सकारात्मक प्रभाव पर्नेछ । आज विषय वस्तु अर्थात कुरो बुझाउन सक्ने खुबीको विकास हुनाले धेरै मान्छेसँग डिलगर्न सकिने छ । बुद्धिमतापूर्वक समयको सदुपयोग गरेको खण्डमा मान्छेहरुबाट समर्थन लिन सकिने दिन रहेको छ । महत्तवपूर्ण काममा आफन्तहरूबाट सहयोग मिल्नेछ । लाभ एवम् सफलताको कारण कामकार्यमा थप उत्साह तथा उमङ्ग बढ्नेछ । आज तपाईँलाई दुई अङ्क, सेतो रङ्गको प्रयोग र भगवान सूर्यनारायणको सेवा आराधना गर्नु सुखप्रद हुनेछ ।

मिथुन राशिः मिथुन राशिका व्यक्तिहरुको लागि आज आकर्षण एवम् मानप्रतिष्ठा बढ्नेछ भने मिठो खानेकुरा प्राप्ति हुनसक्ने छ । व्यवसायबाट धनलाभ हुने एवं भौतिक सुख र आफन्तजनबाट प्रशंसा पनि प्राप्ति हुनसक्ने देखिन्छ । अभिष्टकार्यमा सफलता मिल्नसक्ने गोचर रहेको छ, ईच्छित कार्य पूर्णताको लागि दृढताको साथमा अगाडि बढ्नसकिने छ । कार्यक्षेत्रमा तथा सामाजिक जिम्मेवारी थपिनसक्ने छ । मनोरञ्जनात्मक कार्यक्रम आदिमा पनि सरिक हुन पाइनसक्ने छ । नयाँ लगानीको प्रस्ताव आउनसक्ने सम्भावना पनि देखिन्छ । आज यहाँले पितृको नाममा गरीब दीनदुःखीहरुलाई भोजन खुवाउनु वा दान दिनु विशेष शुभकर हुनेछ ।

कर्कट राशिः कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन केही संघर्षकर रहेको देखिएको छ । अल्लि बढी कोसिसले मात्रै ईच्छित कार्यमा आंशिक सफलता मिल्नसक्ला । बहकावमा आएर कुनै पनि हल्लामा नलागेको राम्रो हुनेछ अन्यथा परिणाम विपरित पनि आउनसक्ने गोचर देखिन्छ । बुद्धिमततापूर्वक फजुलका विषयबाट पन्छिनु उपयुक्त हुनेछ । उन्माद स्वभाव बढ्नसक्ने तथा खतिक्षति हुनसक्ने र पश्चाताप पर्ने सम्भावना रहेको छ होसियारी अप्नाउनु होला । यात्राको पनि योग देखिएको छ । अप्रत्यासित रुपमा कुनै काम बन्ने र भौतिक उपलब्धि हुनसक्ने कुरालाई भने नकार्न सकिन्न । यहाँको लागि आज तीन अंक र पहेंलो रंगको प्रयोग एवम् दान सहयोग गर्नु शुभप्रद हुनेछ ।

सिंह राशिः सिंह राशि हुनेहरुको लागि आजको दिन उच्चमनोबल बढ्ने र महत्त्वपूर्ण काम सम्पादन गर्नसकिने दिन रहेको छ । आर्थिकपक्ष सबल हुनेछ । स्वजनबाट सहयोग मिल्ने छ भने विद्यार्थीहरुको लागि विद्यामा रुचि र सफलता मिल्ने छ । सन्तानको बाटोबाट पनि सन्तोष लिनसकिने छ । पेशा तथा व्यवसाय आदिबाट यथा औकात धनार्जन गर्नसकिने र आर्थिक भार कम हुने हुनाले चित्तवृतिमा शान्ति मिल्ने छ । स्वकार्यबाट सन्तुष्टि मिल्ने छ भने यात्रा सफल हुने देखिन्छ । सामाजिक क्षेत्रमा प्रतिष्ठा तथा यशकृति बढ्न गई आत्मबल पनि बृद्धि हुने ग्रहगोचर परेको छ ।

कन्या राशिः कन्या राशि हुनेहरुको लागि आजको दिन ग्रहको केही अबरोधको बाबजुत पनि ईज्जत प्रतिष्ठा एवम् प्रख्याति बढ्ने देखिएको छ । पेशा एवम् व्यवसायिक क्षेत्रबाट राम्रो लाभ गर्नसकिने छ । तार्किक क्षमता बढ्ने र प्रतिस्पर्धामा सफलता मिल्नेछ । सन्तानको पक्षबाट पनि सन्तोष प्राप्त हुने र अधुरा रहेका केही कामहरुलाई पूरा गर्नसकिने छ । राजनीति एवम् समाजसेवा जन्य कामबाट पनि प्रसिद्धि कमानउ सकिनेछ । पहिले कुरा चलिसकेकाहरुका लागि प्रेम वा विवाह प्रस्तावको पनि सम्भावना छ । महत्त्वपूर्ण कार्यमा आउनसक्ने बाधा निवारणको लागि भगवान हनुमानदेवलाई खुशी बनाउनु तथा भगवान सूर्यको भक्ति गर्नु शुभप्रद हुनेछ ।

तुला राशिः तुला राशिहुनेहरुको लागि आजको दिन सामान्यतया कान्तिमा मलिनता तथा अपजसको बाबजुत पनि कार्यमा केही सफलता मिल्ने र व्यवसायिक उन्नति गर्नसकिने तथा आर्थिक लाभ हुने छ । समय संघर्ष पछि मात्रै केही उपलब्धि दिने गोचरले युक्त भएकोले साहस बढाएर स्वकर्ममा लाग्नाले कार्यक्षेत्रमा देखिएका केहीहद्सम्म हट्ने र कामहरु बन्न थाल्ने छन् । केही सहयोगीहरु पनि मिल्नेछन् । धर्म–अध्यात्म गर्ने मौका पनि मिल्नसक्ने छ । भावी योजनाको बारेमा सोँचविचार हुने र कार्ययोजना तय हुनसक्ने छ ।

वृश्चिक राशिः वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन विलासिता तथा राजसी आहारले क्रमशः स्वास्थ्यमा समस्या देखिनसक्ने छ । कामकार्यमा पनि विभिन्न खालका अबरोधहरुको सामना गर्नपर्ने सम्भावनालाई गोचरले देखाइरहेको छ । आज दीर्घरोगीहरुले स्वास्थ्यमा अल्लि बढी ध्यान दिन जरुरी हुनेछ । दैनिक जिविकोपार्जन आदिको विषयमा पनि समस्या थपिनसक्ने भएको हुनाले संघर्षको सामना गर्ने मानसिकतामा बस्नु उपयुक्त हुनेछ । समय प्रतिकूल छ भनेर बुझ्न नसके अशान्ति हुन सक्नेछ र बुझेर धैर्य गर्नसकेको खण्डमा भने केही सहज हुनेछ । आज भगवान श्री सूर्यदेवजीको भक्ति बढाउनु हितकर हुनेछ ।

धनु राशिः धनु राशि हुनेहरुको लागि आजको दिन भौतिक सुखकर रहनेछ । दा म्प त्य सुख मिल्ने तथा विपरित जोडीको सहयोग मिल्नेछ । युवायुवतीहरुको लागि प्रेमको प्रस्ताव आउन पनि सक्ने सम्भावना रहनेछ । आन्तरिक तथा वैदेशिक यात्राको पनि सम्भावना देखिएले भ्रमण आदिको अवसर मिल्नसक्ने छ । व्यापार व्यवसायीले कर्मक्षेत्रबाट राम्रो लाभ गर्न सकिने छ । जागिर आदि र घरपरिवार एवम् कार्यक्षेत्रमा सौहार्दपूर्ण वातावरण सृजना हुनेछ । विभिद् सांसारिक उपलब्धि हुन गई मानसिक सुख एवम् शान्ति मिल्नेछ ।

मकर राशिः मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन तुलनात्मकरुपमा सुधारोन्मुख मान्न सकिन्छ, तथापि गन्तव्य चुम्न कठिन देखिएको छ । बन्ने कामपनि बिग्रने हो कि भन्ने भय देखिएको छ ख्याल पुर्याउनु होला । त्यसको बाबजुत पनि बल एवम् साहस बढ्ने दिन छ, उ न्मा द्लाई संयम गर्न सकेको खण्डमा केही भौतिक कर्महरु संपादन गर्न सकिनेछ । सर्तमा लचकता अप्नाएर विपक्षीसँग सम्झौता हुनपनि सक्नेछ । वातवायु एवम् स्ना यु तथा न शाका विमारको सम्भावनालाई नकार्न सकिन्न स्वास्थ्यमा ख्याल पुर्याउनु होला । ग्रहको प्रभावमा कमि आओस भन्ने कामना गरी भगवान श्री गणेश एवं हनुमानदेवको सेवा गर्नु उपयुक्त हुनेछ ।

कुम्भ राशिः कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन ज्ञानविवेकको सदुपयोग गर्नसकिने र प्रशंसा मिल्ने रहेको छ । विद्यार्थीको लागि बढी उपयोगी दिन रहनसक्ने छ । प्रतिष्ठा र छविको बचस्व स्थापित गर्नसकिने छ । ज्ञानोदयको ग्रहप्रभावले कलाकौशलता बढाउने र दार्शनिक तथा सैद्धान्तिक पक्षमा खरो उत्रनसकिने छ । कर्मक्षेत्र तथा व्यवसायमा प्रगति हुनाले आर्थिक सङ्कलन गर्न पनि सकिने छ । सन्ततीको तर्फबाट सुख एवम् सन्तोष पाइनेछ । बुद्धिको चलख्याईले प्रेमि तथा प्रेमिकालाई आकर्षण गर्न सकिनेछ । आज यहाँलाई पाँच अंक, रातो रङ्ग फापकर हुनेछ भने शिक्षाक्षेत्रलाई सहयोग गर्नु पूण्यकर हुनेछ ।

मीन राशिः मीन राशिका व्यक्तिहरुको लागि आजको दिन होसियारी रहनुपर्ने दिन देखिएको छ । विनाकारण कसैसँग वादविवाद तथा मनमुटाव हुनसक्ने सम्भावना रहेको छ । व्यवहारमा जरुरी मात्रै राख्नु उपयुक्त हुनेछ । आज केही पारिवारिक समस्याको पनि सामाना गर्न पर्नसक्ने छ । अगाडि सारिएको काममा विलम्ब हुने तथा अबरोध आइपर्नसक्ने सम्भावना रहेकोले धैर्यताको मानसिकताको विकास एवम् अभ्यास अवलम्बन गर्नुपर्ला । आफ्नो कर्मक्षेत्रलाई निरन्तरता दिनाले भने केही लाभ गर्नसकिने छ । आज चार अंक, सेतो रङ्ग यहाँको लागि उपयुक्त हुनेछ भने आमाको आर्शिवादले यहाँलाई ठूलो हित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस