पाकिस्तानको गिलगित– बाल्टिस्तान क्षेत्रका शिक्षकद्वारा न्यूनतम पारिश्रमिकमा बृद्धिको माग राख्दै प्रदर्शन

गिलगित—बाल्टिस्तान– पाकिस्तानको गिलगित– बाल्टिस्तान क्षेत्रका शिक्षक, प्राध्यापक, कर्मचारी र सार्वजनिक शिक्षा संस्थाका विद्यार्थीहरूले प्रशासन विरुद्धमा विरोध प्रर्दशन गरेका छन् ।

सरकारी शैक्षिक संस्थामा वर्षौंदेखि सेवा दिए पनि न्यूनतम पारिश्रमिक नबढाएको शिक्षक तथा प्राध्यापकको गुनासो छ ।

चर्को मुद्रास्फीतिमा अत्यावश्यक वस्तु पहिलेभन्दा महँगो हुँदा करारमा काम गर्ने कर्मचारीलाई सामान्य जीवन निर्वाह गर्न मुस्किल परेको छ ।

न्यूनतम पारिश्रमिक बढाउने आदेश पारित भए पनि गिलगिट—बाल्टिस्तानको अर्थ मन्त्रालयबाट कुनै सूचना नपाएको प्रदर्शनकारीको गुनासो छ । कर्मचारीले यसअघि पनि पटकपटक बढुवाको मुद्दा उठाए पनि प्रशासनले आफ्नो समस्याप्रति उदासीन रहेको जनाएको छ ।

गिलगिट— बाल्टिस्तान पाकिस्तानले अवैध रूपमा कब्जा गरेको क्षेत्र हो। हालैका समयमा, त्यहाँ प्रशासन विरुद्ध ठूलो विद्रोह भएको छ र गिलगिट— बाल्टिस्तानको वर्तमान परिदृश्यलाई विचार गर्दै त्यस्ता प्रदर्शनहरू अझ बढी हुने देखिन्छ।

प्रतिक्रिया दिनुहोस