विवाह मण्डपमै दुलहाले गु’ट’का चपाएपछि दुलहीको यस्तो ‘एक्सन’, भिडियो संसारभर नै भाईरल

एजेन्सि –धेरै व्यक्तिमा गु’ट’खा खाने अमल हुन्छ । तर विवाह मण्डपमै दुलाहाले गु’ट’खा चपाएको अनुमान कसैले लगाउँदैनन् ।सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियोमा भने दुलाहाले मण्डपमै गु’ट’खा चपाएको देखिन्छ ।

दुलाहाले मण्डपमै गुटखा चपाएपछि दुलही कडा ‘एक्सन’मा उत्रिएको भिडियोमा देखिन्छ । दुलहीले आसपासका मान्छेलाई पनि झ’पा’रेकी छन् ।दुलहीले गु’ट’खा थुक्नुस् भनेर कराएपछि दुलाहा खुरुखुरु गएर गु’ट’खा फालेर आएका छन् ।

दुलहीले मण्डपमै दुलाहामाथि हात समेत उठाइन् । यो भाइरल भिडियो कहाँको र कसको हो भन्ने खुलिसकेको छैन ।

भिडियो हेर्न यहाँ थिच्नुहोस

चीनद्वारा हुम्लालाई दुई करोड ६० लाख बराबरको राहत सामग्री सहयोग
काठमाडौं – चीन सरकारले हुम्लालाई दुई करोड ६० लाख रुपैयाँबराबरको राहत सहयोग गरेको छ । चीनको पुराङ काउन्टीले हुम्लालाई १३ लाख चिनियाँ युआनबराबरको खाद्यान्न र स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

आठ सय बोरा चामल, चार हजार ६ सय ८० बोरा मैदा, ६ हजार पिस एन– ९५ मास्क, ५८ हजार सर्जिकल मास्क, १० हजार पिस हाते पञ्जा, सात सय ५० केजी स्यानिटाइजर, दुई हजार पिस सानो स्यानिटाइजर, दुई हजार तीन सय पिस सेतो पञ्जा, पाँच हजार पिस एनटिजेन किट,

एक हजार पिस फेस मास्क र एक सय ६० थान थर्मोगन सहयोग उपलब्ध गराएको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले जानकारी दिए । यस वर्षभरिमा तीन करोड हाराहारीमा राहत सामग्री आएको अध्यक्ष तामाङले बताए ।

प्रत्येक वर्ष चीन सरकारले नाम्खा गाउँपालिकालाई सहयोग गर्दै आएको छ । नाम्खा गाउँपालिका– ६ लिमीमा एक हजार आठ सय ४५ बोरा मैदा, २० बोरा चामल, नाम्खा गाउँपालिका– ५ को यारी गाउँलाई तीन सय ३० बोरा मैदा, एक सय ६५ बोरा चामल र यारीको नेम गाउँलाई ७० बोरा मैदा

र ३० बोरा चामल हस्तान्तरण हुने अध्यक्ष तामाङले बताए । मुचु गाउँलाई तीन सय ४८ बोरा मैदा, एक सय १४ बोरा चामल, चाला गाउँलाई एक सय ८० बोरा मैदा, ६० बोरा चामल,

याल्वाङलाई दुई सय ४० बोरा मैदा, ९६ बोरा चामल, याङगारलाई एक सय ७० बोरा मैदा, ६८ बोरा चामल, याल्वाङ गुम्बालाई दुई सय ६० बोरा मैदा दिने निर्णय भएको तामाङले बताए ।

यसैगरी, सिटिजन्स बैंक याल्वाङलाई १० बोरा चामल र वडा नम्बर २ लाई दुई सय २२ बोरा मैदा, वडा नम्बर ३ लाई दुई सय ४६ बोरा मैदा र वडा नम्बर १ लाई चार सय १२ बोरा मैदा दिइने भएको छ ।

सशस्त्र प्रहरी बल बिओपी हिल्सालाई ७५ बोरा चामल र २५ बोरा मैदा तथा हिल्साका स्थानीयवासीलाई एक सय २५ बोरा मैदा, ६० बोरा चामल दिइनेछ। नेपाल प्रहरी हुम्लालाई १० बोरा चामल,

प्रहरी चौकी यारीलाई पाँच बोरा मैदा र २० बोरा चामल, प्रहरी चौकी याल्वाङलाई पाँच बोरा मैदा र २० बोरा चामल दिइने तामाङले जानकारी दिए।

यस्तै चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले संयुक्त राष्ट्रसंघको सदस्यमा पुनः बहाली हुन नेपालले चीनलाई गरेको समर्थन कहिल्यै नबिर्सने बताएका छन् ।

मंगलबार नेपाली समकक्षी नारायण खड्कालाई टेलिफोन गरी चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालले लगाएको यो गुन कहिल्यै बिर्सन नसक्ने भन्दै कृतज्ञता व्यक्त गरे ।

नयाँ चीन स्थापनापछि यो वर्ष राष्ट्रसंघमा चिनियाँ उपस्थितिको पचासौं वार्षिकोत्सवका सन्दर्भमा मन्त्री वाङले भने, ‘नेपालले दिएको यो अमूल्य समर्थनलाई चीनले कहिल्यै बिर्सिने छैन ।’ दोस्रो वि’श्वयु’द्धको अन्त्यपछि सन् १९४५ अक्टोबर २४ मा संयुक्त राष्ट्रसंघको स्थापना हुँदा चीन एउटा संस्थापक मुलुक थियो ।

प्रतिक्रिया दिनुहोस