७० वर्षको उमेरमा रबारीले पहिलो सन्तानलाई दिइन् जन्म, खुशीले फुरुगं छन् दम्पती

काठमाडौं – भारतमा धेरैजसो विभिन्न अनौठा घटनाहरु घटिरहेको हुन्छ । सुन्दा अचम्म लाग्ला तर भारतमा एक महिलाले ७० वर्षको उमेरमा पहिलो सन्तानलाई जन्म दिएकी छन् ।

यो अनौठो घटना पश्चिम गुजरातको हो । भारतिय मिडियाका अनुसार गुजरातको कुचकी वाल्जीभाइ रबारीले ७० वर्षको उमेरमा पहिलो सन्तानलाई जन्म दिएकी हुन् ।

वाल्जीभाइ र उनका श्रीमान् ७५ वर्षीय जिभुनबेन रबारीले पहिलो सन्तानको रुपमा छा्रालाई जन्म दिएका हुन् । लामो समयपछि छोरालाई जन्म दिएपछि उनीहरु अहिले खुशीले फुरुगं भएका छन् । अहिले आमा र बच्चा दुबैको स्वास्थ अबस्था सामान्य रहेको बताइएको छ ।

हर्ष आइभीएफ सेन्टरका डा. नरेश भानुशालीका अनुसार इन विट्रो फर्टिलाइजेसन प्रक्रियामार्फत गर्भ बसालेको र सी सेक्सनमार्फत ८ महिनामा उनको सुत्केरी गराइएको हो । उनीहरुले करिब ४५ वर्षअघि बिहे गरेका थिए ।

प्रतिक्रिया दिनुहोस