संसारकै अनौठो परम्परा, जहाँ नवजात शिशुलाई भुईँमा सुताएर उनीहरुमाथी उफ्रिइन्छ

काठमाडौं – विश्वमा धेरै जाति, समुदाय र वर्गका मानिसहरु छन् । उनीहरुको आफ्नै रीति रिवाज र परम्परा छ । कुनै जातिका परम्परा त अचम्म लाग्दा पनि हुन्छन् ।

यस्तै संसारमा एक अनौठो परम्परा छ, जुन सुन्दा र देख्दा अपत्यारिलो लाग्छ । युरेपेली मुलुक स्पेनमा नवजात शिशुलाई भुईमा सुताएर उनीहरुमाथी उफ्रिने परम्परा छ । स्पेनि नागरिकहरुले सुतेको बच्चामाथि उफ्रिने यो परम्पराको रहस्य पनि अनौठो छ ।

भुइँमा सुताइएका बच्चाहरुमाथि हाइजम्प गरेमा उनीहरुलाई राक्षसहरुले दुख दिदैन भन्ने विश्वास छ । यो विश्वास त्यहाँका नागरिकले सदिऔँदेखि मान्दै आएका छन् । यसलाई एल कोलाचो नामक पर्व भन्ने गरिन्छ ।

एक वर्षभित्रका बच्चाहरुलाई भुइँमा सुताएर विशेष पहिरन लगाएका पुरुषहरु उफ्रने गर्छन् । त्यसरी उफ्रिने पुरुषहरुलाई राक्षसको प्रतिक मान्ने गरिन्छ । राक्षसले नाघेका बच्चाहरु शक्तिशाली हुने मान्यता त्यहाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस