धनवान बन्नका लागि ध्यान दिनुहोस् मात्र यी चिज, जीवनमा कहिलै हुँदैन पैसाको कमी !

काठमाडौँ । घरमा खुशिको वातावरण बनाइ राख्न हामी सम्भव भएसम्म हरेक प्रयास गरिरहन्छौ तर पनि लाभ मिल्दैन। यसको कारण घरमा राखिएको टुटे-फुटेको सामान पनि हुन सक्छ।
वास्तु र ज्योतिषशास्‍त्रमा यस्तो कैयौं उपायहरुको बारेमा बताईएको छ जसले घरलाई खुशि र सम्पन्न बनाउन मद्दत गर्दछ।
धार्मिक ग्रन्थको अनुसार घरमा यस्ता कुनैपनि वस्तु राख्न हुदैन जसले घरमा नकारात्मक ऊर्जाको हावी हुने गर्छ।

१. यदि घरमा बन्द घडी राखिएको छ भने घरमा आउने राम्रो समय फर्किएर जाने गर्दछ। यो आर्थिक नोक्शानको कारण वा बिमारीलाई पनि निमन्त्रणा दिने गर्दछ। ज्योतिषशास्‍त्र भन्छ घरमा बन्द रहेको घडीले कार्यमा बाधा उत्पन्न गर्दछ र सफलतामा बाधक पनि बन्दछ।
२. प्रयोगमा नआउने जुत्तालाई हामी घरमा एकै ठाउँमा जम्मा गरेर राख्ने गर्दछौँ। यिनीहरुबाट पनि नकारात्मकता हावी हुने गर्दछ। सिसा र फुटेको सामानबाट लक्ष्मी रिसाउने गर्दछन् र धन हानि भईरहन्छ।

३. भाचिएको खाटमा सुते व्यक्ति रोगी रहने, सम्बन्धमा दरार आउने र मानसिक तनाव भईराख्ने हुन्छ। यसै प्रकार भाचिएको कुर्सी या काठको सामानले दरिद्रता ल्याउने गर्दछ।
घर भित्र फुटेको दर्पण राख्नाले घरमा नकारात्मक ऊर्जाको द्वार खोलिने गर्दछ। जसको कारण घरको सबै सदस्यले समस्याको सामना गर्नु पर्ने हुन्छ।
फुटेको दर्पणको प्रभाव तपाइको व्यक्तित्वमा पनि प्रभाव पर्दछ। यसबाट अनुहारको चमक पनि कम हुने गर्दछ।

४. घरमा फुटेको तस्वीर या बिग्रिएको पेन्टिंगले वास्तु दोष उत्पन्न हुने गर्दछ। तस्वीर या पेन्टिंग जति सुकै अमुल्य किन नहोस विग्रिय भने त्यसलाई हटाउनु पर्दछ। शास्त्रमा भनिएको छ कि टूटे(फूटे भाडा(कुराले घरमा दरिद्रता ल्याउने गर्दछ।

५. वास्तुशास्‍त्र अनुसार घरमा कहिल्यै पनि भाचिएको फर्नीचर राख्न हुदैन। भाचिएको सामानले घरको वातावरण प्रभावित हुने गर्दछ र नकारात्मकता हावी हुने गर्दछ। यस बाट परिवारको सदस्यलाई मानसिक तनाव, बीमारी, कार्यमा असफलताको सामना गर्नु पर्दछ।

६. यदि तपाईंको पर्स च्यातिएको छ भने त्यसलाई तुरुन्त परिवर्तन गर्नुहोस्। पर्समा भएका काम नलाग्ने चीजहरुलाई फाल्नुहोस् । एउटा सिक्का शुक्रबारको दिन देवी लक्ष्मीको मन्दिरमा चढाउनुहोस् अर्को सिक्कालाई रातो कपडामा बेरेर पर्समा राख्नुहोस्।

प्रतिक्रिया दिनुहोस