मलाला युसुफजाईले भनिन्न इमरान खान सरकार पाकिस्तानी तालिबानको उत्थान’ गर्दै छ।

नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाइले इमरान खानको सरकार तालिबानलाई ‘उत्थान’ गर्न नहुने भनेकी छिन । पाकिस्तानका प्रधानमन्त्री इमरान खान नेतृत्वको सरकारले प्रतिबन्धित तेह्रेक–आई–तालिवान पाकिस्तान (टीटीपी) का केही समूहसँग वार्ता गरेपछि मलालाले यस्तो भनेकी हुन।

प्रभात न्यूजसँग अन्तर्वार्ता दिँदै भनिन् , “मेरो बिचारमा तालिबानसंग जनस्तरमा कुनै समर्थन छैन, पाकिस्तानमा कुनै पनि क्षेत्रका जनताले आफू तालिबान सरकार चाहेको बताइरहेका छैन्न। त्यसैले, मेरो विचारमा हामीले पाकिस्तानमा तालिबानलाई उत्थान गर्नु हुँदैन,”।

सामान्यरुपमा तालिबानको बारेमा बोल्दै मलालाले “असल” र “खराब” तालिबानबीच कुनै भेद हुन नहुने बताइन्। प्रभातले मलालाको भनाइ उद्धृत गरे, “असल र खराब [तालिबान] बीच भिन्नता छुट्याउनु हुँदैन जसरी उनीहरूको सोचाइ उस्तै छ — दमन अर्थात आफ्नै नियम जबरजस्ती गर्नु।” तालिबानले दमनकारी कदम चालेको कुरा उनले दोहोरिन्। उनले थप्दै भनिन् उनीहरू महिला अधिकार, बालिका शिक्षाको विरुद्धमा छन् र उनीहरूको शासनमा न्याय छैन।

महिला शिक्षाको बारेमा सोधिँदा — उनी वर्षौंदेखि काम गर्दै आएको कारण — मलालाले अफगानिस्तानको स्थितिको चिन्ता व्यक्त गरिन्।उनले भनिन्, “अफगानिस्तानमा महिलाहरूको शिक्षामा हालको अस्थायी प्रतिबन्ध उनीहरूको (तालिबानको) पहिलो कार्यकाल [सरकारमा] जब प्रतिबन्ध पाँच वर्षसम्म फैलिएको थियो त्यति लामो समयसम्म हुनु हुँदैन,” उनले भनिन्। “हामी उनीहरुको अघिल्लो नियम दोहोरिन चाहँदैनौं।”तथापि, उनले थप्छिन्, तालिबानलाई कार्यकर्ता र अफगान महिलाहरूको दबाब सकारात्मक संकेत थियो ।मलाला युसाफजाइलाइ पाकिस्तानी तालिवानले स्कुले बालिकाको रुपमा गोली प्रहार गरेको थियो।

प्रतिक्रिया दिनुहोस