पाकिस्तानी आतंकवादीहरुको दशकौँको हिंसाका कारणले कश्मीर मा हजारौँको हत्या

जम्मु र कश्मीर मा भर्खरै भएका हिंसाका श्रृखलाहरुले पछिल्ला दशकहरुमा त्यहाँ पाकिस्तानी आतंकवादीहरु ले मारेका हजारौँ कस्मिरीहरूको सम्झना दिलाएको हो । फ्रेन्च पब्लीकेशनका विश्लेषक अनि लेखक ओलीभर गुलियार्ड भूराजनीतिका प्रखर ज्ञाता हुन् ।

उन्का अनुसार सन् १९८९ देखिको हिंसाका कारणले कश्मीर मा दसौँ हजार व्यक्तिहरूको हत्या भएको भनी सम्झना गरेका हुन् ।
जम्मुमा गैरस्थानीयहरु को श्रृखलावद्ध हत्यापछि यूनियन टेरिटरीमा ७०० जनालाई पक्राउ पनि गरिएको छ । ओलीभरले इन्डो पाकिस्तान तनावका कारणले लक्षित हत्याहरू उक्त क्षेत्रमा झनै बढ्दै गएको

लेखेका छन् । यसरी हिंसाको नयाँ लहर एउटा अर्को विचारयोग्य कुरा रहेको ओलीभर लेख्दछन् ।
केवल एउटा पुरानो आतङ्कवादी सङ्गठन, द रेसिस्टेन्स फोर्सले मात्र जम्मु कश्मीर को क्षेत्रमा भएका हिंसाहरूको जिम्मेवारी लिन्छन्, अन्य कतिपय सङ्गठनहरू र तिनको परिचालनसम्म पनि कसैलाई थाहै हुँदैन ।
ओलीभरले गत जनवरी १ देखि नै उल्लेखनीय भारतीय सेनाहरूले यस क्षेत्रमा भएको मुठभेडमा ज्यान गुमाएको उल्लेख गरेका छन् । अझ हालको समयमा आम नागरिक र राजनीतिज्ञहरूको हत्याको घटना बढ्दै गएको ओलीभरको ठहर छ । ओलीभरका अनुसार पछिल्ला ३ दशकदेखि नै पाकिस्तान समर्थित आतङ्कवादी समूहहरू र तिनको पृथकतावादी एजेन्डाले उक्त क्षेत्रलाई झनै तनावग्रस्त बनाएको छ ।

यसका अलावा पनि भारतीय सरकारले कस्मिरीहरूको सुरक्षा र अधिकारका लागि अनेक कदमहरू चालेको र सन् १९९० को जस्तो भयानक वियोग उक्त क्षेत्रमा हुन नदिन भारतीय नेतृत्व सतर्क रहेको ओलीभरको ठम्याई छ । यसका अलावा पनि हालसालै मात्र पनि हजारौँ मान्छेहरू कश्मीर उपत्यका छाडेर बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस