चिनको रियल स्टेट ब्यबसाय ऋणको मारमा फस्यो, लाखौं घर बिक्री बिहिन।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा चिनियाँ अर्थतन्त्रमा आएको मन्दीले देशको रियल इस्टेट उद्योगमा बढ्दो ऋणको समस्यालाई उजागर गरेको छ जसमा लाखौं घरहरू बिक्रीविहीन र खाली भएका छन्।

हङकङ पोष्टका अनुसार अर्थतन्त्रमा आएको मन्दी विद्युत् अभाव र ढुवानी अवरोधका कारण मात्र नभइ ५ ट्रिलियन अमेरिकी डलर घरजग्गाको ऋण पनि रहेकोे छ । उक्त खुलासा पछी चिनियाँ सरकार अचानक ब्युँझिएको छ। पत्रीकाका अनुसार तेस्रो त्रैमासिकमा चिनियाँ कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ४.९ प्रतिशत मात्रै वृद्धि भएको र हालको आर्थिक समस्याको स्रोत यही क्षेत्रमा रहेको छ जहाँ धेरै कम्पनीहरू गहिरो समस्यामा परेका छन्।

“अघिल्लो त्रैमासिकको तुलनामा जुलाई देखि सेप्टेम्बरको अवधिमा अर्थतन्त्र ०.२ प्रतिशत मात्र बढेको थियो – चीनले २०११ बाट यस्ता रेकर्डहरू जारी गर्न थालेपछिको सबैभन्दा कमजोर त्रैमासिक मध्ये एक हो। तर आर्थिक वृद्धिका लागि केही महत्त्वपूर्ण चिन्ताहरू रियल स्टेट क्षेत्रबाट बढदै गएको छ। जो अत्याधिक उधारोलाई रोक्न सरकारी अभियानसँगै ऊर्जा समस्याबाट ग्रस्त रहेको एचके पोष्टले सिएनएनको रिपोर्टलाई उद्धृत गर्दै भनेको छ।

दोस्रो ठूलो चिनियाँ कम्पनी एभग्रेन्ड अक्टोबरको सुरुमा लगभग अमेरिकी डलर 300 बिलियन भन्दा बढी ऋण र 1.6 बिलियन नपुगेको अपार्टमेन्टको साथ लगभग डुबिसकेको थियो। देशका करोडौं लगानीकर्ताहरु र धेरै ठूला बैंकहरूलाई २० अर्ब अमेरिकी डलरको अन्तर्राष्ट्रिय ऋणपत्र लिएको छ।
कम्पनीको बजार मूल्य ५ अर्ब अमेरिकी डलरमा झरेको छ । कम्पनीको शेयर निलम्बनमा परेपछि कम्पनीले असोजको शुरुदेखि नै कारोवार रोकेको थियो।

ऋणमा डुबेको एभरग्रान्डका कारण देशका अन्य ठूला घरजग्गा कम्पनीहरू नकारात्मक रूपमा प्रभावित भएका छन् । शेन्जेन, फ्यान्टासिया होल्डिङ्सका लक्जरी अपार्टमेन्ट विकासकर्ताको सेयर ६ प्रतिशतले घटेको छ र ऋणदातालाई ३१५ मिलियन अमेरिकी डलर तिर्न असफल भएको छ।

चिनमा लगभग 65 मिलियन घरहरू खाली हुने अनुमान गरिएको छ। यस्ता तथ्यांकबाट घरजग्गा ब्यबसायको अवस्था अनुमान गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस