यी ब्यक्ति जसले गर्थे यस्तो धन्दा, बालिकालाई ललाफकाई गर्थे यस्तो काम, थाहा पाउदा प्रहरी पनि पर्यो छक्क!

दैलेख : दैलेख प्रहरीले बालविवाह गर्ने एक जोडी पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिका–२ बस्ने भक्तिराम कँडेल र एक बालिका रहेका दैलेख प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहका अनुसार बालिकालाई ललाफकाई प्रलोभनमा पारी बालविवाह गरी घरमा राखेको सूचनाका आधारमा पक्राउ गरिएको हो। पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत दैलेखबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरी प्रमुख शाहले बताए

त्यस्तै, बालबिवाह गरेको भन्ने सुचनाको आधारमा तल्लो डुङ्गेश्वर दैलेखबाट खटिई गएको प्रहरी टोलीले विवाहित जोडिलाई पक्राउ गरेको छ ।बालबिवाहा गर्ने दुबै जनालाई आइतबार घरबाटै प्रहरीले पक्राउ गरिएको हो ।

पक्राउ पर्ने दुबै जनालाई बिवाह सम्बन्धी कसुर (बालविवाह) मुद्दामा जिल्ला अदालत दैलेखबाट म्याद थप अनुमती लिई राखिएको छ ।उनिहरुलाई प्रहरी बाल निगरानी कक्षमा राखि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस