पीडित श्रीमान: ‘सुहाग रात’ कै दिन श्रीमती संगीताले गरिन यस्तो हर्कत, श्रीमान पुगे प्रहरीकोमा

कहिलेकाहीँ अनौठा घटना हुन्छन्, जसलाई हामीले पत्याउन पनि मुस्किल हुन्छ। नेपालसँगै सिमाना जोडिएको भारतीय राज्य बिहारस्थित भभुआ शहरमा यस्तै एउटा रोचक घटना भएको छ।

यो सहरमा एकजना बेहुली सुहागरातकै दिन बेहुलाको घरबाट सबै सामान लुटेर फरार भएकी छन्। सुहागरातकै दिन आफ्ना नयाँ पतिको घर रित्याउने बेहुलीको नाम हो संगीता। उनका आमा-बाबु छैनन्, उनी एउटा नातेदारकहाँ बस्दै आएकी थिइन्।

पीडित पक्षका अनुसार बुहारी बनाएर ल्याइएकी युवतीले गहना र नगद तथा घरका अन्य सामान लिएर फरार भएकी हुन्। जानकारी अनुसार शिला देवीका ४० वर्षीय छोरा पंकज कुमारको बिहे २५ वर्षीया संगीता कुमारीसँग भएको थियो। दुवैको बिहे धुमधामसँग एउटा मन्दिरमा भएको थियो।

बिहेपछि संगीता नवदुलाहासँगै नयाँ घरमा पुगिन्। सुहागरातका लागि पंकज र संगीताको कोठालाई फूलले पनि सजाइयो । तर लुटेरा बेहुलीको योजना अर्कै थियो। उनले बहाना बनाएर पतिसँग सुत्न इन्कार गरेर अर्कै कोठामा सुतिन्।

भोलिपल्ट जब पंकज र उनका परिवारका सदस्यको निद्रा खुल्यो तब बेहुली करिब १ लाख ९० हजारको गहना र ३६ हजार रुपैयाँ नगदसहित फरार भइसकेकी थिइन्।

यो घटना सार्वजनिक भएपछि पंकजको घरमा हंगामा भयो । त्यसपछि पीडित पक्षले लमीलाई बोलाएर फरार बेहुली उपस्थित गराउन चेतावनी दिएका छन्।

संगीताको बिहेका लागि लमीको काम गरेका व्यक्तिले पंकजका परिवारलाई फरार बेहुलीलाई २ देखि ४ दिनमा ल्याउने आश्वासन दिएका थिए।

तर फरार दुलही फिर्ता नआएपछि पीडित परिवारले लमी र दुलहीविरुद्ध पुलिसमा जाहेरी दिएका छन्। लमी पनि ती युवतीका नातेदार भएको खुलेको छ। अहिलेसम्म बेहुली फरार छिन् भने पुलिसले यो मामिलाको जाँच गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस