श्रीमानसँग सम्बन्धविच्छेद गरेर दोब्बर उमेरका ससुरासँग बिहे !

काठमाडौं। अमेरिकामा एक महिलाले आफ्ना श्रीमानसँग सम्बन्धविच्छेद गरेर सौतेनी ससुरासँग बिहे गरेकी छिन् । केन्टुकीकी एरिका क्विगल नामकी यी महिला ३१ वर्षकी छिन् र उनले ६० वर्षका सौतेनी ससुरा जेफ क्विगलसँग विवाह गरेकी हुन् । उमेरमा यति ठूलो अन्तर भए पनि यी दुईको सम्बन्धमा कुनै समस्या आएको छैन ।

डेलीमेलका अनुसार एरिकाले सन् २००९ मा फ्याक्ट्री कर्मचारी जस्टिनसँग विवाह गरेकी थिइन् । त्यतिबेला उनको उमेर १९ वर्ष थियो । तर, बिहेको २ वर्षपछि नै उनहिरुको सम्बनध बिग्रिन थालेको थियो । यस क्रममा एरिकाका ससुरा जेफले उनलाई भावनात्मक रुपमा सहयोग गर्थे । एरिकाको वैवाहिक सम्बन्धमा तनाव जारी रह्यो र उनले २०१७ मा जस्टिनसँग सम्बन्धविच्छेद गरिन् ।

एरिकाका अनुसार उनी सानो सहरबाट बाहिर निस्केर करिअर बनाउन चाहन्थिन् तर जस्टिन आफ्नो साधारण जीवनमा खुसी थिए । यही कारण दुईको बीचमा तनावको स्थिति आएको थियो । २०१५ मा एरिकाले ठूलो मेकअप फ्रेन्चाइजमा काम पाइन् त्यसपछि २०१७ मा उनले जस्टिनसँग सम्बन्धविच्छेद गरिन् । जेफले पनि जस्टिनकी आमासँग २०१६ मा सम्बनधविच्छेद गरेका थिए ।

२०१७ मा एरिकाले पनि सम्बन्धविच्छेद गरेपछि यी दुईले डेट गर्न थालेका थिए । २०१८ मा एरिका गर्भवती भएपछि उनीहरुले विवाह गर्ने निर्णय गरेका थिए । एरिका र जस्टिनका एक छोरा छन् जसको अभिभावकत्व दुवैले संयुक्त रुपमा लिएका छन् । एरिकाका अनुसार जस्टिनले पनि एरिकाले विवाह गर्ने निर्णय गरेकोमा सकारात्मक प्रतिक्रिया दिएका थिए । जेफका अनुसार उनले एरिकामा आफ्नो पहिलो पत्नी देख्छन् ।

प्रतिक्रिया दिनुहोस