कण्डमको उचित प्रयोगले क्यान्सरका साथै संक्रमणबाट पनि जोगाउँछ: डा.नुतन शर्मा

काठमाडौं- पुरुषले यदि हरेक पटक यौन सम्पर्क गर्दा सही तरिकाले कण्डम प्रयोग गर्ने हो भने यसले गर्भ राक्नमा ९८ प्रतिशत प्रभावकारी रहने चिकित्सकहरु बताउछन् ।

कण्डम परिवार नियोजन तथा यौन रोगहरू सर्नबाट बचाउने एक मात्र त्यस्तो साधन हो । यसको एकोहोरो काम मात्र नभएर दोहोरो , तेहोरो भुमिका पनि रहेको स्त्री रोग विशेषज्ञ डा.नुतन शर्माले बताइन ।

कन्डम पुरुषको उत्तेजित लिङ्गमा लगाउने परिवार नियोजनको साधन हो । कन्डमले गर्भवती हुन नदिनुका साथै र यौनजन्य सङ्क्रमण जस्तैः एच.आई.भी र धेरै यौनजन्यहरू सर्नबाट रोक्दछ ।

डा.शर्मा भन्छिन ‘कण्डम परिवार नियोजनको एक साधन हो, यसको प्रयोगले पाठेघरको कुनै पनि इन्फेक्सन देखि पाठेघरमा भएको को घाउ समेत निको हुने साथै पाठेघरको क्यान्सर हुन दिदैन ।’

साधारणतया कण्डम सजिलै सँग पाउँन सकिन्छ । यो औषधी पसल लगायत स्थ्य चौकीहरूमा निःशुल्क प्राप्त गर्न सकिन्छ ।

त्यसै गरी महिला स्वास्थ्य स्वयंसेविकाहरू बाट पनि कन्डम प्राप्त गर्न सकिन्छ । यो एक पल्ट लगाएपछि फेरि दोहोर्याएर प्रयोग गर्न भने सकिदैन दम्पतीले बच्चा जन्माउन चाहेमा यसको प्रयोग गर्न छाड्ने बित्तिकै बच्चा जन्माउन गर्न सकिन्छ । कन्डममा कुनै हर्मोन नहुने हुदा यसले शरीरमा कुनै असर पार्दैन ।

प्रतिक्रिया दिनुहोस