गज्जबको ध’न्दा ! फेसबुकमा भीआइपीदेखि सेलीब्रेटीका तस्वीर राखेर ठ’गी गर्ने पत्रकार एन्जिना प’क्राउ

आफूलाई सेलीब्रेटी पत्रकार भन्दै लामो समयदेखि विभिन्न सहकारीबाट पै’सा अ’सुल्दै आएकी एन्जिना कार्की प’क्रा’उ परेकी छिन् ।

कार्कीलाई बसन्तपुरबाट मंसिर २२ गते नगद एक लाख सहित महानगरीय प्रहरी प्रभाग जनसेवा, न्यूरोडले पक्रा’उ गरेको हो । उनले एक सहकारीसँग लामाे समयदेखि ठूलो रकम माग्दै आएकी थिइन् ।

कार्कीले सहकारीसँग ८ लाख बैंकमार्फत लिएकी थिइन् भने विभिन्न समयमा गरेर ७ लाख लिइसककेकी थिइन् ।

यसरी पटक पटक पत्रकारको भेसमा रकम असुलेपछि सहकारीले प्रहरीलाई खबर गरी एन्जिनालाई स–प्रमाण प’क्राउ गरेको हो । कार्की’माथि सहकारी लगायत विभिन्न व्यक्तिको रकम ठगी गरेको समेत आ’रो’प छ ।

एन्जिना लामो समय देखि पत्रकारितामा थिइन् । कार्कीले तीन वर्ष तराइ टेलिभिजनमा काम गरेकी थिइन् ।

त्यस पछि हिमाल टेलिभिजन हुँदै भारतको जि टिभीमा नेपालबाट स्टीन्जरको रुपमा कार्यरत थिइन् । भारतीय टेलिभिजन जि–टिभीमा काम गरेपछि उनले नेपाल रहेर केही अनलाइन न्यूज पोर्टलसँग मिलेर सहकारीहरुबाट पैसा अ’सुल्ने काम शुरु गरेकी थिइन् ।

अहिले एन्जिना कुनै पनि सञ्चारमाध्यममा आवद्ध छैनन् तर पत्रकारिता पेशाको नाममा उनले ठ’गी गर्दै आइरहेकी थिइन् । उनलाई ठ’गी कार्यमा उनको फेसबुकमा रहेका नेपालका सञ्चारकर्मी, व्यवसायी र राजनीतिक पार्टीका व्यक्तीहरुसँग खिचाएको तस्वीरले सहयोग गरेको थियो ।

ठ’गी ध’न्दा’मा उनी भने एक्लै छैनन् । उनको सात ,आठ जनाको समूह रहेको छ । अहिले एन्जिना कार्कीलाई सोह्रखुट्टे प्रहरी वृत्तमा राखिएको छ । उनले विभिन्न काम बनाइदिन्छु भन्दै रकम समेत असुल्ने गरेको स्रोहखुट्टे प्रहरीले जनाएको छ । कार्कीलाई हि’रासतमा रा’खिएपछि अनु’सन्धान भने जारी रहेको प्रहरी जनाएको छ । न्युज २४

प्रतिक्रिया दिनुहोस