चिनियाँ बेल्ट एण्ड रोड परियोजनाको बाँधले कम्बोडियामा पारिस्थितिक क्षति

पेनोम पेन । कम्बोडियामा चिनियाँ सहायतामा निर्मित जलविधुत परियोजना तथा बाँधले पारिस्थितक क्षति पुगेको छ । चार बर्ष अघि कम्बोडियाको सेसन नदीस्थित लोअर सेसन टु जलविधुत परियोजनाको बाँध बन्द हुदाँ तीन सय स्क्वायर किलोमिटर पानीको जलाशय बनेको थियो । यसले करिब पाँच हजार मानिसहरुको बासस्थान रहेको भूमि समेत बगाएको थियो । स्रान लन्ज नामकी एक स्थानीयले आफ्नो बुनोङ समुदायको कुनै बेला बासस्थान रहेको भूमि नदीको बहावले बगाएको प्रत्यक्ष देखेको बताउँछिन् । आफुहरुले आफ्ना समान पोको पारी तिन किलोमिटर उच्च क्षेत्रमा विस्थापन भएको लन्जले बताईन् ।

आफ्ना वंशजको बासस्थान र उनीहरुको समाधिस्थल सबै बगाएको उनले बताईन् । नदीको बहावले अन्नबाली, फलफुल खेती, भूमि, साथै आफ्नो पहिचान नै बगाएको उनले दुख व्याक्त गरिन् । मेकोङ नदीको सहायक नदीहरु सेसन र स्रेपोक नदीबीच चीनको सहायतामा निर्मित कम्बोडियाको सबैभन्दा ठुलो जलविधुत परियोजनाले विभिन्न पारिस्थितिक तथा सामाजिक क्षति पुयाएको ह्युमन राईट्स वाचले एक रिपोर्ट प्रस्तुत गरेको छ ।

राजधानी पेनम पेन देखि करिब दुई सय साठी किलोमिटर उत्तरपूर्वी तर्फ लाओससँग सीमामा निर्मित जलविधुत परियोजनाले चार सय मेगावाट सम्म विधुत उत्पादन गर्न सक्ने, जुन कम्बोडियाको बार्षिक विधुत उत्पादनको पन्ध्र प्रतिशत रहेको बताईएको छ । पच्चहत्तर मिटर उचाई र छ किलोमिटर लामो बाँध निर्माणपछि माछा मार्ने काम बन्द भएको छ भने स्थानीय आदिवासीको महत्वपूर्ण कृषि भूमिहरु डुवानमा परेका छन् ।

करिब असी करोड अमेरिकी डलर बराबर चिनियाँ सहायतामा कम्बोडियामा निर्मित परियोजनाले नकारात्मक पारिस्थितिक समस्या नित्याउन सक्ने वास्तविकता झल्काएको छ । बेल्ट एण्ड रोड परियोजना अन्तर्गत अफ्रिका देखि दक्षिणपूर्वी एसियाली मुलुकहरुमा यस्ता नकारात्मक परिणाम देखिँदै आएको छ । यस्ता परियोजनाहरुको सुरक्षाको कमजोरी रहेको भन्दै चिनियाँ निकायहरुले बेल्ट एण्ड रोड परियोजना निरिक्षण नगर्ने साथै स्थानीय कम्पनीहरुले पनि सम्भावित नकारात्मक परिणाम बिरुद्ध सावधानीको मापदण्ड बनाउन नसक्दा यस्ता परिणाम भोग्नुपरेको आएको ह्युमन राईट्स वाचले जनाएको छ । स्रोत निकि एसिय

प्रतिक्रिया दिनुहोस