चर्चित कलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौला व्यवसायीक जोडी बने

काठमाडौं । चर्चित कलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौलाले नयाँ व्यवसायमा हात हालेको छ । सो समूहले राजधानीमा एउटा मल्टिप्लेक्स हल सञ्चालनमा ल्याउने भएको हो ।

नयाँ बानेश्वरस्थित शंखमुल रोडको एक घरमा उनीहरुले दुईवटा पर्दा सहितको हल निर्माण थालेका छन् । कोरोना महामारीमा पनि काम धमाधम भइरहेको दीपकराज गिरीले जानकारी दिनुभयो ।

करिब ९ करोड अनुमानित लागतमा हल निर्माण गर्न लागिएको पनि उहाँले जानकारी दिनुभयो । दशैँसम्म सक्ने लक्ष्यका साथ निर्माण कार्य थालिएको हल चैत्रसम्ममा सकिने अनुमान गरिएको छ ।

केही हल बन्द भएकाले सबैतिर हल बन्द भएको नकारात्मक समाचार फैलिरहेको छ ।

अभिनेता गिरीले सकारात्मक सन्देश पनि जाने र चलचित्रकर्मी भएको हिसाबले आफुले जानेको पेसा पनि भएकोले हलमा लगानी गरिएको हो ।

घरमा र टिभीमा फिल्म हेरेको भन्दा हलमा हेरेको आनन्द बेग्लै हुने भएकोले हलमा चलचित्र हेर्ने संस्कृतिलाई जिवितै राख्न समेत आफुले हललाई प्राथामिकता दिएको उहाँको दावा रहेको छ ।

कोरोनाका कारण फिल्म हल धमाधम बन्द भइरहेको अवस्थामा दीपक दीपाको समूहले निर्माण गरेको हलले व्यवसायीमा भने सकारात्मक सन्देश दिएको छ । दीपक दीपाको समूहले पछिल्ला वर्षहरुमा चलचित्रहरु निर्माण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस