दमौलीको आ’गो निभाउन पानीसहितको हेलिकप्टर लिएर उडे श्रममन्त्री

काठमाडौ, तनहुँको सदरमुकाम दमौली बजारमा लागेको आ’गो निभाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले काठमाडौंबाट पानीसहितको हेलिकप्टर लिएर गएका छन्। जिल्ला सदरमुकाम दमौलीस्थित हार्डवयर पसलकाे गाेदाममा भिषण आ’गला’गी भएको छ । व्यास नगरपालिका–४ स्थित मुख्यचोक भूपाल हार्डवयरमा भिषण आ’गला’गी भएको हो ।

हार्डवेयरको गोदाममा आइतबार बिहान १० बजेदेखि आ’गला’गी सुरु भएको थियो । प्रहरी र स्थगानीयको प्रयासमा आ’गला’गी नियन्त्रणको प्रयास भइरहे पनि नियन्त्रणमा लिन सकिएको छैन् । आ’गला’गीको कारणबारे खुल्न नसकेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।

भुपाल हार्डवेयर र ज्योति हार्डवेयरमा बिहान करिब १० बजेदेखि आ’गला’गी भएको हो। आ’गो निभाउन मन्त्री श्रेष्ठ सिम्रिक एयरको हेलिकप्टरमा पानी लिएर दमौली गएका हुन्। स्थानीयस्तरबाट आ’गो निभाउन नसकेपछि मन्त्री श्रेष्ठले आफ्नै पहलमा पानीसहितको हेलिकप्टर व्यवस्था गरेर गएका हुन्।

आ’गो अनियन्त्रित भएपछि बजारवासी त्रसित छन् । तनहुँका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले आ’गो निभाउने प्रयास जारी रहेको बताए । उनका अनुसार अहिलेसम्म मानवीय क्षति भएको जानकारी छैन ।

बाटो साँघुरो भएकाले दमकल छिर्नै समस्या,आ’गो ला’गेको स्थाननेर ३ वटा हार्डवयेर सँगै छन् । आ’गो अनियन्त्रित ढंगले बढिरहेको छ । दमकल छिर्ने ठाउँ साँघुरो भएकाले दमकल छिर्नै समस्या छ । दमकल छिर्ने ठाउँमा टहरो भएकाले भ’त्का’एर दमकल पुर्याउन लागिएको छ । पोखराबाट एउटा दमकल पठाइएको छ भने अर्काे पनि पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख रमेश थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस