आज बुधबार पनि घट्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

पुष ७ गते । आज बुधबार पनि घट्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । आज बुधबार पनि नेपाली बजारमा सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुन तोलामा ४ सय रुपैयाँले घट्दै प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै आज तेजावी सुन पनि तोलामा ४ सय रुपैयाँ घटेर प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता आज चाँदीकाे मूल्य भने तोलामा १० रुपैयाँले बढेकाे छ । आज चाँदीको मूल्य ताेलामा १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस