अबदेखि हिन्दी गीतमा टिकटक नबनाउने दीपाश्रीको घोषणा

काठमाडौं । कलाकार तथा निर्देशक दीपाश्री निरौलाले अब देखी आफूले हिन्दी लगायत विदेशी गीतमा टिकटक नबनाउने बताएकी छन् ।

काठमाडौंमा आयोजना गरिएको ‘नेपाली संस्कृति बचाऔं महाअभियान(२०७८’को घोषणा कार्यक्रममा बोल्दै दीपाले यस्तो बताएकी हुन् । हिलेको पुस्ताले नेपाली भाषा नै बिर्सिन थालेको हुनाले नेपाली भाषा, संस्कृतिको जगेर्नाका लागि भएपनि कलाकारले यो अभियान चलाउनु पर्ने दीपाको बुझाइ छ ।

ले सबै ठाउँमा हाम्रो भाषालाई गर्व गर्नलायक बनाउन आवश्यक रहेको उनले बताइन् । परिवर्तन नेपाल नामक संस्थाले यो अभियान शुरु गरेको हो ।

अभियान अन्र्तगत नाटक मञ्चनदेखि चलचित्र निर्माण समेत हुने बताइएको छ ।कार्यक्रमका प्रमुख अतिथि यादव खरेलले नेपाली संस्कृतिमाथि अतिक्रमण बढेको भन्दै यो अभियानले संस्कृतिलाई जोगाउन भूमिका खेल्ने बताए ।

प्रतिक्रिया दिनुहोस