मोटरसाइकल दु’र्घटना हुँदा २२ बर्षिय रंजितको मृ’त्यु

इटहरी / सुनसरीको बर्जु गाउँपालिका २ स्थित सडक खण्डमा मोटरसाइकल र साईकल ठ’क्कर लागि दुर्घ’टना हुँदा मोटरसाइकल चालकको मृ’त्यु भएको छ । मृत्यु हुनेमा सुनसरी बर्जु गाउँपालिका ६ का २२ बर्षिय रंजित चौधरी रहेका छन् ।

शनिबार दिउँसो पौने ३ बजे को।२१ प ९४४६ नम्वरको मोटरसाईकलले साईकल यात्री बर्जु १ का ४५ बर्षिय चमरु ऋषिदेवलाई ठक्कर दिंदा दुबै जना घाईते भई नोवेल अस्पताल बिरानगरमा उपचार भइरहेको थियो ।

उपचारको क्रममा मोटरसाइकल चालक चौधरीको मृ’त्यु भएको हो । घ’टना सम्वन्धमा इलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भईरहेको प्रहरीले बताएकाे छ ।

यस्तै:हास्यसिरियल ‘हर्के हवल्दार’ का कलाकार सागर गिरी सडक दुर्घटनामा परेका छन् । उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

आइतबार ‘हर्के हवल्दार’ छायाँकनका लागि भक्तपुरबाट काठमाडौँ धर्मस्थली आउँदै गर्दा उनी दुर्घटनामा परेका हुन् । मोटरसाइकलमा छायाँकनका लागि जाँदै गर्दा दुर्घटनामा परेको हास्य कलाकार महादेव त्रिपाठीले जानकारी दिए ।

दु’र्घटनालगतै गिरीलाई ठिमीको कोरियन अस्पतालमा भर्ना गरिएको छ । त्रिपाठीका अनुसार गिरीको दाईने खुट्टा भाँचिएको र शरीरका विभिन्न भागमा चो ट लागेको छ । खुट्टामा स्टिल राख्नुपर्ने भएकोले सोमबार अपरेसन हुने भएको छ ।

सिरियलमा अभिनयको अलवा प्रोडक्सन म्यानेजरको काम समेत गर्दै आएका गिरीले थुप्रै सिरियल तथा केही फिल्ममा समेत अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस