MCC भनेको आफ्नै घरमा हात्ती भित्र्याएर आफु बाहिर निस्कनु जस्तै हो: करिश्मा

काठमाडौं;पछिल्लो समय देशकै गौरबका बिषयमा जोडिएको एमसीसी सम्झौताबारे नेपाली कलाकारहरुले समेत टिप्पणी गर्न थालेका छन्। यसैक्रममा अभिनेत्री करिश्मा मानन्धरले पनि एमसीसीबारे आफ्नो धरान सार्वजनिक गरेकी छिन्।अभिनेत्री करिश्माले

सरकारले एमसीसीको बारेमा जनतालाई बुझाउन सक्नु पर्ने भन्दै देशमा कलह उत्पन्न हुने कुनै सम्झौता गर्न नहुने बताएकी छिन्।‘घरमा हात्ती ल्याएर घरका मान्छे बाहिर बस्नुपर्‍यो भने हात्ती ल्याउनु ठिक होला ? घर भित्र कलह हुने तत्व

भित्र्याउनु ठिक होला ? उनले सामाजिक सञ्जालमार्फत् उल्लेख गरेकी छिन् । यो पनि पढ्नुहोस् अमेरिकी सहायता परियोजना (एमसिसी) उपाध्यक्ष फातिमा सुमार नेपालको चार दिने भ्रमण सकेर आज (आइतबार) फर्किँदै छिन्। नेपालमा एमसिसी

अनुमोदनका विषयमा राजनीतिक दलबीच नै मतभेद रहेको र यो विषय गिजोलिँदै गएका बेला उनी गत बिहीबार काठमाडौं आएकी थिइन्। चार दिने भ्रमणमा उनले प्रधानमन्त्री शेरबहादुर देउवादेखि प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीसँग भेट

गरिन्। भेटमा एमसिसी परियोजनाबारे छलफल भए पनि नेपालले ठोस धारणा दिन सकेको छैन। काठमाडौं ओर्लेपछि उनले पहिलो भेट ओलीसँग गरेकी थिइन्। ओलीले सत्तारुढ दलमा सहमति जुटेपछि मात्र आफूहरुले । धारणा सार्वजनिक

गर्ने भन्दै एमसिसीको बल सत्तारुढ दलको कोर्टमा फर्काइदिए। यद्यपि आफू प्रधानमन्त्री हुँदा एमसिसी सदनमा टेबल गर्न खोजेको उनले स्मरण गराए। सत्ता गठबन्धनको मुख्य घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

एमसिसीबारे आफ्नो पार्टीमा दुई धार रहेको बताउँदै आएका छन्। सुमारले प्रचण्डलाई पनि शुक्रबार भेटेकी थिइन्। प्रचण्डले एमसिसीका विषयमा नेपालका सबै राजनीतिक दलबीचसहमति जुट्न नसकेकाे जवाफ फर्काएका थिए।

एमसीसी परियोजना नेपालबाट फिर्ता लैजाने अमेरिकी तयारी, उपाध्यक्ष फतिमाको भ्रमणमा ‘र्‍यापअप’ गरिने एमसिसीबारे कांग्रेसभित्रै पनि मतभेद देखिन्छ। सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले पनि राजनीतिक दलहरुबीच सहमति गरेर एमसिसी सदनबाट पारित गराउने प्रयास गर्ने बताए पनि कुनै वचन भने दिएनन्।

सुमारले नेपालमा रहँदा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव, अर्थमन्त्री । जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसालसहितसँग भेट गरेकी थिइन्। उनको चार दिने भ्रमणमा ठोस उपलब्धी देखिएको छैन।

त्यसाे त‍ उनले नेपालमा भएका सबै भेटमा नेताहरुलाई एमसीसी संसदबाट चाँडाे अनुमोदन गर्न आग्रह गरेकी छिन्। तर देशमा जनताकाे चर्काे विराेधका बीच कुनै पनि नेताहरुले ठाेस जवाफ दिएनन्। सुमारले पनि नेपालले एमसीसी अस्वीकार गरे पनि कुनै अमेरिकालाई कुनै आपत्ति नहुने बताइसकेकी छन्।

प्रतिक्रिया दिनुहोस