भू’ लेर पनि नग’र्नुहोस् यी ७ ग’ल्ति, जसले बनाउँछ मधुमेह वा डायबिटिज

मधुमेह किन हुन्छ ? भनेर कसैले सोधे, कुनै पनि विज्ञसँग यसको एउटा मात्र जवाफ छैन किनभने निकै धेरै कारणहरु गर्दा मधुमेह हुन्छ । खासगरी अस्वस्थ्य खानपान र अस्तव्यस्त जीवनशैली हुनु मधुमेह रोग हुनुको मुल कारण हो ।

हामी जीवनयापनका क्रममा कति गल्ती गरिरहेका हुन्छौ, जसले मधुमेहको जोखिममा पार्छ। यहाँ हामी त्यस्तै दैनिक जीवनमा गरिने ७ गल्तिहरुका बारेमा चर्चा गर्दैछौँ जसले मधुमेह गराउँछ । यी सात गल्तिहरुका कारणले हुने मधुमेह रोक्न खानु पर्ने ७ खानाको बारेमा पनि हामी यसमै चर्चा गर्नेछौँ।

के हुन् त ति गल्ती ? ७ गल्तिहरु तपाईले आफ्नो दैनिक जीवनमा गरिरहनु भएको छ कि छैन भन्ने कुरा याद गर्नुहोस् र सकेसम्म यी सात गल्तिहरुलाई कम गर्ने तर्फ ध्यान दिनुहोस्। कुनै कारणवश या विशेष दिनमा यस्तो कार्य हुनु त्यति खराब नै नहोला तर आफ्नो दैनिक जीवन नै यस्तो छ भने चै बेलैमा सजग हुनै पर्छ।

१. राती अबेरसम्म बस्नु: राती अबेरसम्म बस्ने, पर्याप्त निन्द्रा नलिने, राती बस्दा चुरोट सेवन गर्ने, रातको समयमा भोजन गर्ने जस्ता बानी छ भने त्यसले म’धुमेहको जोखिममा पार्छ।

२. घामको कमी: शरीरमा भिटामिन ‘डी’ को कमी भएका मानिसहरुलाई टाइप-२ मधुमेहको खतरा अधिक हुन्छ । खासगरी घाममा नबस्ने व्यक्तिहरु यसको जोखिममा परेका छन्। घाम भिटामिन डिको प्राकृतिक स्रोत हो । बेला बेला घाममा बस्ने गर्नु शरिरका लागि फाइदाजनक हुन्छ।

३. तनाव: तनाव तथा चिन्ता मधुमेहको एउटा प्रमुख कारण हुनसक्छ। किनकी तनाव तथा चिन्ताले शरीरले कार्टिसोल नामक हर्मोनको उतपादन गर्छ, जसले इन्सुलिन एक्टिविटीलाई बढाउँछ, यसले रगतमा चिनीको मात्रालाई समेत बढाउँछ।

४. टेलिभिजनको लत : पिट्सवर्ग विश्वविद्यालयको एक अध्ययनले जनाए अनुसार टिभीको सामु विताएको हरेक घण्टाले मधुमेहको खतरा चार गुणा बढाईदिन्छ।

५. कसरत नगर्ने: पूरै दिन बसेर काम गर्नु त हुन्न ? अफिसमा झण्डै आठ घण्टा बसेरै काम गर्ने र घरमा गएर पनि टिभीमै दिन व्यतित गर्नुहुन्छ भने तपाईहरुलाई पनि मुटुरोग तथा मधुमेहको जोखिम बढी हुनसक्छ। यसबाहेक तपाई शरिरबाट पसिना निस्किने गरि हरेक दिन कसरत गर्नु हुन्न भने पनि तपाई मुटुरोग र मधुमेहको जोखिममा पर्नु हुन्छ।

६. नास्ता नगर्ने: के तपाईलाई थाहा छ ? जो मान्छेले विहानका नास्ता गर्दैन, उसले दिनभरमा क्यालोरीयुक्त खानेकुरा तथा बढी चिल्लो खानेकुराको सेवन गरिरहेको हुन्छ। यसबाहेक, शरीरलाई आवश्यक पर्ने खानेकुरा समेत खादैनन् । यसले इन्सुलिनको स्तर बढ्न सक्छ, र मधुमेह हुनसक्छ।

७. अत्याधिक मात्रामा रिफाइन्ड कार्वोहाइड्रेटको प्रयोगस् मैदायुक्त पाउरोटी, सेतो चामल, मैदा लगायतका खाद्यान्नको प्रयोगले शरीरलाई ज्यादामात्रामा इन्सलिन उत्पादन गर्न प्रेरित गर्छ र त्यसलाई शरीरले छिटै सोस्ने गर्छ। यसले गर्दा चाडै चाडै भोक लाग्ने गर्छ। परिणामस्वरुप अधिक खाना खाइन्छ।

प्रतिक्रिया दिनुहोस