यी कारणले हुनसक्छ पेटमा अल्सर, वेवास्ता गरे जानसक्छ ज्यान, समस्या देखिए के खाने के नखाने ?

काठमाडौँ । पेटको अल्सरलाई बेवास्ता गरे यसले ज्यान पनि लिन सक्दछ। भनिन्छ नि, रोग लागेर पछुताउनु भन्दा अगाडिनै रोग लाग्न नदिनु राम्रो हुन्छ । त्यसैले आज हामी यहाँ पेटको अल्सरबारे चर्चा गर्ने छौ ।

पेटको अल्सर भन्नासाथ हामी झस्किन्छौं । यो पिडादायक हुनुका साथै जटिल पनि हुन्छ । त्यसैले, यो समस्या थाहा पाउनासाथ उपचार शुरु गर्न निकै जरुरी छ । अन्यथा आन्द्राको क्यान्सर हुनसक्छ ।

पेटको अल्सर भएमा पेटमा छाला पर्ने वा घाउ हुने गर्छ । यस्तो अल्सर विशेषगरी गलत खानपानका कारण हुने हो। सामान्यतया, खाना पचाउने एसिडले आमाशयको पर्खाललाई असर गरेमा अल्सर हुने गर्छ । यस्तो अल्सर पेटको भित्री भागमा, भोजन नली तथा सानो आन्द्रामा विकास हुन्छ।

पेटमा अल्सर भएमा पिडा नाइटोबाट सुरु भई छातीसम्म दुख्छ। समयमै उपचार नगरे यसले भयानक समस्या निम्त्याउन सक्छ। र, पेट सम्बन्धि अन्य समस्याहरु पनि उब्जिन्छन् ।

अल्सरको कारण

पेटको अल्सरलाई पेप्टिक वा ग्यास्ट्रिक अल्सरसमेत भनिन्छ । अम्लीयपना, धुमपान वा लागूऔषधको सेवन, अत्यधिक स्टेराइडको प्रयोग, आणुवंशिक कारण, खानपानको गडबडीका कारण पनि पेटमा अल्सर हुने गर्छ । त्यस्तै, हेलिकोव्याक्टर पाइलोरी नामक जीवाणुको संक्रमणका कारण पनि पेटमा अल्सर हुने गर्छ ।

धेरै मानसिक तनाव, चिन्ता, क्रोधमा रहनु, अनियन्त्रित खाना खानु । धेरै रक्सी पिउनु, खाली पेटमा दुखाई कम गर्ने दबाई खानेजस्ता बानीले आमाशय घाउ हन्छ जसलाई हामी अल्सर भनेर चिन्छौँ ।

अल्सरका लक्षण

तल पेटको ग्यास बिस्तारै खाना नलि हुँदै माथील्लो भागमा आउँदा छाती वरीपरी पोलेजस्तो भएमा पनि सम्झनुहोस् कि तपाइँलाई अल्सर भएको हुनसक्छ ।

सावीकको खाना खाईरहँदा नै तपाईको तौल घट्दै गईरहेको छ भने पनि चुप नबस्नुहोस् । केही खाएपछी पेट दुख्न शुरु गर्नु अल्सरको संकेत हुनसक्छ ।

छिटोछिटो भोक लागीरहनु पनि अल्सरको कारण हुन सक्छ । लामो समयसम्म कालो दिशा भईरहेको छ भने यो अल्सरको कारण हुने ब्लिडिङले भएको हुनसक्छ ।

खाना खाएको १/२ घण्टा पछि या रातको समयमा पेटको माथिल्लो भाग या बिच तिर जलन जस्तो भएर दुख्छ भने त्यो अल्सरको संकेत हुनसक्छ ।

खाना खाएपछि या अरु बेला पनि बान्ता आईरहन्छ भने पनि अल्सरको लक्ष्मण हुनसक्छ । प्रायः जसो पेट फुलीरहन्छ भने पनि अल्सरको संकेत हुन सक्छ । यो रोगमा छाती वा नाभीको माथिपट्टिको भाग दुख्छ ।

खाली पेट वा खाना खाइसकेपछि पनि दुख्छ, पोल्छ, बेचैनी हुन्छ, उल्टी गर्ने इच्छा हुन्छ, उल्टी भएपछि आराम मिल्छ, रगत छाद्नु, आन्तरिक रत्तश्राव हुनुको साथै कालो रंगको दिसा आउँछ ।

अल्सरका प्रकार

अल्सर तीन प्रकारका हुन्छन् ।

पेटमा हुने ग्यास्ट्रिक अल्सर

भोजन नलीमा हुने एसोफेगस अल्सर

सानो आन्द्रामा हुने डूआडनल अल्सर

ध्यान दिनु पर्ने कुरा

अल्सरका विरामीले मसलादार खाना, सुर्तिजन्य पदार्थ, तारेको, भुटेको खानेकुरा तथा माछामासुबाट बच्नुपर्छ । अत्याधिक मात्रामा फलफूल तथा सागसब्जीको सेवन गर्नुपर्छ । यसले अल्सर चाडै निको पार्न सहयोग गर्छ । त्यसबाहेक, फोहोर तथा दुषित खानेकुराबाट बच्नुका साथै साबुन-पानीले राम्ररी हात धोएर मात्र खाना खानुपर्छ ।

अल्सर हुनुको अर्थ आन्द्राको मुखमा घाउ हुनु हो, ग्यास्ट्रिक बढ्दै जाँदा अल्सर हुन पुग्छ ।

अहिलेको मानिसहरुमा ग्यास्ट्रिक बढ्दो छ । समयमा खाना नखानाले, खाना खाए पनि भोको पेटमा चिल्लो पदार्थ भएको खाना खाँदा त्यो चिल्लोले गर्दा ग्यास्ट्रिक बढ्दै जान्छ । यसरी आमासयको खाना नलिमा जोडिएको सानो आन्द्राको मुखमा घाउ बन्न सक्दछ।

आन्द्रामा प्वाल पर्यो भने अल्सर रोग लाग्दछ । यो अलि बढि नै खतरा रोग हो । मानिसहरुले खानपानको लापारवाहीले गर्दा यो रोग हुन सक्दछ । यो पाचन प्रणालीसँग जोडिएको हुन्छ।

के खाने अल्सर भएकाले ?

खाना ५\६ पटक थोरैथोरै खाने । चिसो दूध एकपटकमा एक कप गरेर पटकपटक दिनमा ७\८ पटक खाने ।

खानामा दूध, दाल, बिस्कुट, टास्ट, भात, मूंगको दाल, साबुदाना, जाउलो, आरारोट, मख्खन खाने । अङ्गुर, पाकेको केरा, स्याउ, गाँजर खाने । प्रोटिनयुत्त पदार्थ, अन्डा, पनिर, दाल आदि खाने ।

के नखाने अल्सर भएकाले ?

अत्याधिक तातो, चिसो खानाबाट टाढै बस्ने । खाना एक दुई पटकमात्र धेरै नखाने । थोरैथोरै बारम्बार खानेकुरा खाइरहने । तातो खाना छिटोछिटो नखाने ।

पिरो, मसालेदार, चटपटे तरकारी, अमिलो महि र छाछ धेरै नखाने । रक्सी, गाढा रंग हालेको चिया, कफि धेरै नखाने । एक पटकमा धेरै दूध नखाने ।तारेको, भुटेको खाना धेरै नखाने ।

रोग निवारणमा सहायक उपाय

अल्सर हुनु भनेको ग्यास्ट्रिकको बढ्दो रुप हो भनेर सामान्य रुपमा बुझ्न सकिन्छ । यसैले ग्यास्ट्रिक रोक्न सकियो भने अल्सरको सम्भावना पनि कम गर्न सकिन्छ । यहाँ हामी अल्सर वा ग्यास्ट्रिक रोक्नका लागि सहायक उपायहरुका बारेमा लेखेका छौँ ।

के गर्ने ?

खाना निश्चिन्त भएर विस्तारै चपाइ-चपाइ खाने । शारीरिक र मानसिक रूपमा आराम गर्ने बानी बसाउने । तनाव र चिन्ता हटाउने र हाँस्ने र खुसी रहन सिक्ने ।

घरबाहिर काम गर्दागर्दै पेट पोल्न थाल्यो भने २(४ वटा बिस्कुट खाने । शारीरिक एवम् मानसिक शिथिलताको लागि शवासन गर्नै।

के नगर्ने ?

धेरैबेर भोकै बस्नु मौका आउँन नदिने । व्रत लिन छोडिदिने । मानसिक तनाव र चिन्तामा डुबेर बस्न छोडिदिने । राती धेरैबेरसम्म नबस्ने ।

दुखाई हटाउने दबाइ आफूखुसी नखाने । दिउँसो सुत्ने बानी नबसाउने । भए हटाउने । कालो चियाको प्रयोग बिल्कुलै नगर्ने ।

अल्सर रोग हो वा होइन कसरी थाहा पाउने ?

अल्सर रोग लाग्यो भने पेटको माथि पटीको भागमा दुख्छ । खाली पेट अथवा खाना खाई सकेपनि दुखिरहन्छ । उल्टी आउला कि जस्तो हुन्छ । उल्टी आयो भने आराम हुन्छ । वान्ता गर्दा रगत नै पनि आउन सक्दछ ।

अल्सर रोग लागेमा के खाने कुरा खान हुन्छ ?

चिसो दुध पटक पटक गरी दिनमा सात आठ कप पिउने । एकै पटक धेरै खाना नखाने, थोरै थोरै चार पाँच पटक खाने । खानामा दुध, दाल, बिस्कुट, रोष्ट, भात, मुगको दाल, जाउलो खाने। फलफुलहरुमा जस्तै अङ्गुर, पाकेको केरा, स्याउ, गाजर खाने । प्रोटिनमा अण्डा, पनिर, दाल खान हुन्छ ।

अल्सर रोग लागेमा कस्तो खानेकुरा नखाने ?

अत्यधिक तातो र चिसो खानेकुरा नखाने । पिरो, मसलाको मात्रा धेरै भएको खानेकुरा नखाने, नुन चर्को, अमिलो दही र अमिलो महि नखाने । पेय पदार्थमा रक्सी, गाढा रङ हालेको चिया र कफि नखाने । तेलमा तारेको अत्यधिक चिल्लो खानेकुरा नखाने ।

अल्सर रोग लागेका रोगीहरुले ध्यान दिनुपर्ने कार्यहरु

धेरै बेर भोकै नबस्ने । ब्रत बस्दा बिमारी बढ्ने सम्भावना भए ब्रत नबस्ने । मानसिक चिन्ता तनाबहरु सबै छोडिदिने । राती धेरै बेरसम्म अनिदो नबस्ने । धेरै दुख्यो भनेर आफु खुसी औषधीको सेवन नगर्ने । कालो चियाको प्रयोग बिलकुलै नगर्ने । दिउँसो सुत्ने बानी भएमा पनि हटाउने ।

अल्सर रोगको आफैले गर्न सकिने उपायहरु

शारारिक र मानसिक रुपमा आराम गर्ने बानी बसाउने । खाना खाँदा कुनै चिन्ता नलिइकन आरामसँग खाने । तनाबको अवस्थामा नबस्ने, जतिखेर पनि रिसाएको जस्तो अनुहार नदेखाउने । हाँस्न सिक्ने र हाँसेर बस्ने । काम गर्दा गर्दै पेट पोल्न थाल्यो भने दुई चार वटा बिस्कुटहरु खाने । स्वास्थ्यताको लागि आवश्यक व्यायम गर्ने ।

प्रतिक्रिया दिनुहोस