सडकमा दौडिरहेको छाडा साँढेले ८ करोड रुपैयाँको ला; गू औ; षध समात्यो,जिल्ल परे प्रहरी

काठमाडौं।सडकमा छा; डा दौडिइरहेको छाडा साँढेले ८ करोड रुपैयाँ मूल्य बराबरको ला; गूऔ; षध जफत गर्न प्रहरीलाई ठूलो सहयोग गर्यो भन्दा हामीलाई अचम्म लाग्न सक्छ।तर,संयोगले एउटा साँढेले यस्तो काम गरेको छ।

साँढेका कारण प्रहरीले तस्करको हातबाट ठूलो परिमाणमा अ; वैध ला; गूऔषध हेरोइन प्रहरीको हातमा पुर्याउन ठूलो सहयोग गरेको छ।घटना भारतको उत्तर प्रदेशको बरेलीको हो।
भारतीय मिडियाका अनुसार बरेलीको दिल्ली–लखनउ हाइवेमा बिहानै तस्करले नयाँ स्कार्पियो गाडीमा हेरोइन राखेर लिएर जाँदै थिए।

तीब्र गतिमा दौडिइरहेको गाडीको अगाडि एक्कासी साँढे आयो।साँढेसँग गाडी टठोक्किने देखेपछि ड्राइभरले हतारहतार गाडी घुमाए।यसरी एक्कासी घुमाउँदा गाडी उछिट्टियो र विपरित दिशाबाट आइरहेको सेन्ट्रो कारसँग ठोक्कियो।दु; र्घटनामा सेन्ट्रो कारमा सवार २ महिलासहित ४ जना घा; इते भए।

घटनापछि स्कार्पियो चलाइरहेका युवक भने घ; टनास्थलबाट फ; रार भए।घटनाको सूचना पाएपछि पुगेका प्रभारी निरीक्षक विजय कुमारले सबै घाइतेलाई बरेली अस्पताल पठाए।पुलिसले घटनाको जाँचको क्रममा गाडीभित्र चेकजाँच गर्दा गाडीमा राखिएको जगेडा टायर फुल्लिएको पाइयो।त्यसलाई खोलेर हेर्दा पुलिस चकित परे।त्यसमा ४ वटा प्याकेटमा राखिएको ४ किलो १०० ग्राम न; शालु प; दार्थ भेटियो।

फरेन्सिक विशेषज्ञले जाँचपछि यो पदार्थ हे; रोइन भएको बताएका छन्।यसको मूल्य अन्तर्राष्ट्रिय बजारमा ५ करोड भारु अर्थात ८ करोड नेपाली रुपैयाँ पर्ने अनुमान गरिएको छ।पुलिसले गाडीमा भेटिएका कागजपत्रका आधारमा तस्करहरु बब्लु,नाजिस र गाडीका मालिक राजनलाई पक्राउ गरेको छ।केही आरोपी फ; रार रहेको एसपी राजकुमार अग्रवालले बताए।उनीहरुको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस