३ बर्षीय नानीको आँखाको क्या’न्सर भनेर आँखा झिकियो,अहिले दिमागको क्या’न्सर भन्यो।

केही समय अगाडीको कुरा हो पोखरा निवासी ज्योती नाम गरेकी एक तिनबर्षकि बालिकाको आखामा क्यान्सर भएको थियो । एकदमै कमजोर आर्थिक अबस्थाका कारण ज्योतिको उपचार हुनसकेको थिएन । मिडियाकर्मी कृष्ण परियारको पहलमा सहयोगि मनहरुबाट केही सहयोग जुटेको थियो र उनलाई उपचारको लागि उनका बाबुले काठमाडौं ल्याएका थिए ।

पोखरा आखा अस्पतालबाट ज्योतिको उपचारको लागि काठमाडौं लानुपर्छ भनेपछी डाक्टरहरुकै सल्लाह अनुसार काठमाडौंमा रहेको कान्ती बाल अस्पतालमा लगिएको रहेछ । डाक्टरहरुकै सुझाबअनुसार नानिको सिटिस्क्यान, सातौपटकसम्म केमो थेरापी र डाक्टरले नै निको भएको समेत बताएका रहेछ्न ।

उपचारकै क्रममा उनको आखासमेत काटेर फालिएको रहेछ तर निको भैसकेको भनेको बच्चा पुन डाक्टरले क्यान्सर आखाबाट दिमागतिर पनि फैलिएको बताएपछि ज्योतिका बाबू आत्तिदै मिडियामा आएका छ्न । कठै मात्र तिन बर्षकी छिन ज्योति तर उनले यो सबै झेल्नु परेको छ ।

अझै दुइपटक केमोथेरापी गर्नुपर्छ भन्दै आएका डाक्टरले एक्कासी त्यस्तो भनिदिएपछि उनी अहिले निकै नै तनाबमा छन । अस्पतालमा ल्याएको एक हप्ता हुन लागिसक्यो तर अझै नानि होशमा नआएको र किन त्यस्तो भएको भनेर बुझ्दा छारेरोग निस्किन लागेको भनेर अत्ताएको उनी बताउछ्न । डाक्टरले सिजर रो”ग लागेको बताउदै आएको उनको भनाइ रहेको छ । आँखा तिल्लिगंगाको अस्पतालमा झिकेर घर गएको दुई हप्तामा नानी एक्कासी गम्भीर बिरामी भएको उनी बताउछ्न ।

प्रतिक्रिया दिनुहोस