२०२२ मा चम्किँदैछ यी ५ राशिको भाग्य !

भर्खर २०२२ सालको सुरुवात भएको छ । हरेक राशिका व्यक्ति चाहाने गर्दछन् की यस सालमा किस्मतले उनीहरुलाई साथ दिओस् र भाग्योदय भएर जीवनमा सफलता हासिल भई धनको प्राप्ति होस् ।सन् २०२२ मा मंगल ग्रहको राशि परिवर्तन हुँदैछ । अहिले मंगल वृश्चिक राशिमा छ, तर जनवरी १६, २०२२ मा यो धनु राशिमा प्रवेश गर्नेछ।

धनु राशिमा मंगल ग्रहको प्रवेशले केही राशिका व्यक्तिको जीवनमा सकारात्मक परिवर्तन आउनेछ, साथै धन लाभ पनि मिल्नेछ । यस्तो अवस्थामा सन् २०२२ मा मंगल ग्रह परिवर्तनले कुन राशिलाई फाइदा पुग्छ जान्नुहोस् ।

 मेष राशि: मेष राशि हुनेहरुका लागि नयाँ वर्ष शुभ रहनेछ । मंगल ग्रहको राशि परिवर्तनले यस राशिका व्यक्तिका लागि शुभ साबित हुनेछ । मंगलको शुभ प्रभावले धन, पद, प्रतिष्ठा बढ्नेछ। आर्थिक लाभको पनि प्रशस्त सम्भावना छ ।

मिथुन राशि :सन् २०२२ मा मंगलको मिथुन राशि परिवर्तन लाभको दृष्टिकोणले राम्रो रहनेछ। मंगल ग्रह धनु राशिमा प्रवेश गर्ने वित्तिकै मिथुन राशिका व्यक्तिहरुलाई धन लाभको सम्भावना बढ्नेछ । यसका साथै व्यापार वा जागिरमा सफलता र कीर्ति मिल्नेछ। व्यक्तिगत जीवनमा साथीसँगको सम्बन्ध अझ मधुर हुनेछ।

मीन राशि :मीन राशिका लागि पनि मंगल ग्रहको राशि परिवर्तन निकै शुभ रहनेछ । तपाईले जीवनमा अहिले सम्म जस्तोसुकै आर्थिक समस्याहरू सामना गरिरहनु भएको छ, तपाईले त्यसबाट छुटकारा पाउनुहुनेछ। यस बाहेक शत्रु र प्रतिद्वन्द्वी पनि परास्त हुनेछन् । भाग्यले पूर्ण साथ दिनेछ। यो वर्ष यस राशिका व्यक्तिहरुलाई परिश्रमको फल पनि मिल्नेछ ।

सिंह राशि: यस राशिका व्यक्तिको लागी नयाँ साल बहुतै शुभ रहेको छ । हरेक काममा सफलता मिल्नेछ भने भाग्यले तपाईलाई साथ दिनेछ । यदि तपाई लामो समय देखि जागीरको खोजीमा हुनुहुन्छ भने यस सालमा तपाईलाई राम्रो जागीर मिल्न सक्ने सम्भावना रहेको छ । यस सालमा तपाईको आर्थिक स्थिित पहिलाको भन्दा राम्रो हुनेछ ।

कन्या राशि: यस राशिका व्यक्तिलाई यस सालमा धन प्राप्ति हुनेछ । नोकरीमा मान सम्मान मिल्नेछ र तलब पनि बढ्नेछ भने खर्च पनि सम्हालिदै जानेछ र व्यवसाय पनि फस्टाउँदै जानेछ ।

धनु राशि: २०२२ सालमा तपाई आर्थिक रुपले मजबुत हुनुहुनेछ । तपाईलाई व्यवसायको आय र व्ययको बारेमा चिन्ता लिइ राख्नु आवश्यक पर्दैन किनकी तपाईलाई तपाईमाथि धेरै विश्वास हुने गर्दछ जसले तपाईलाई सफल बनाउन मदत गर्दछ ।

वृष राशि: यस सालमा यी राशिका व्यक्तिलाई नयाँ सुनौलो अवसर प्राप्त हुनेछ । आर्थिक स्थिती मजबुत हुनेछ । भाग्यले तपाईलाई साथ दिनेछ भने तपाई यस्तो ठाउँमा प्रवेश गर्नुहुन्छ कि जहाँ तपाईलाई भविष्यमा लाभ प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस