भष्टचारको आरोप नलगाउनु होस् ,भष्टचार गर्नु भन्दा म झुण्डीयर मर्न तयार छु – धुर्मुस

हास्यकलाकार तथा सामाजिक अभियानर्ता सिताराम कट्टेल र कुन्जना घिमिरेको सामाजिक संस्था धुर्मुस सुन्तली फाउन्डेसन नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने भएको थियो र अहिले काम निकै अगाडि पुगेपनी आर्थिक अभावले खासै काम गर्न पाएका छैनन् ।

सामाजिक संजाल फेसबुक मार्फत धुर्मुस सुन्तलि ले उक्त कुरा सार्वजनिक गरेका थिए । यस अगि धुर्मुस सुन्तलि ले क्रीकेट स्टेडियम बनाउने चर्चा चल्दै आएको र स्वयम् धुर्मुश सुन्तली ले पनि चासो देखाउका थिए । जसमा उन का भाई कुमार कट्टेल जिग्री पनि यस बिषय मा ठूलो चासो देखाउदै आएका थिए । फलस्वरूप उनले उक्त ठूलो घोषणा गरेका थिए ।

फेसबुकमा पछ्याउनुहोस्

तर अहिले धुर्मुस र सुन्तलीलाई भष्टचारको आरोपमा मुद्दा गर्दा गरिएको छ।रंगशाला निर्माण क्रममा भष्टचार भएको भन्दै फाउन्डेसनलाई मुद्दा हालिएको हो ।यसरी मुद्दा लागेपछि अब उनीहरूको फाउन्डेसनले के खेप्नु पर्ने हो र लगाइएको आरोप सावित होला कि नहोला त्यो भने हेर्न बाकी छ ।

भर्खरै धुर्मुसले आफ्नो अभिव्यक्तिमा भनेका छन् “यदि मैले कुनै पनि परियोजनामा त्रुटि, कमिकमजोरी गरेको रहेछु र कहिँ अनियमितता गरेको रहेछु भने मलाई जे सजाय दिएपनी म भोग्न तयार छु। यदि कसैलाई केही कन्फ्युजन हुन्छ भने म यहीँ छु, रंगशालामा हामिले गरेको हिसाब जो कोहिले हेर्न सक्नु हुनेछ तर हामी मौन बस्यौं, यी कुराको हामिले खण्डन गरेनौं भन्दैमा यो/उ भनेर कृपया कसैलाई आक्षेप नलगाईदिनु होला,

म विनम्रतापुर्वक अनुरोध गर्न चाहन्छु। रंगशाला बनोस्, सबै खेलाडीहरुको लागि होस् भनेर एउटा सहयोगी भुमिका निर्वाह गर्न अगाडि बढेको व्यक्ती मात्रै हौं हामी। हामि त्यस्तो कुनै ठूलो व्यक्ति होइनौं। यसरी लाग्या व्यक्ति हुँ तर आज किन शिकार भई रहेछु? यस्तो रे उस्तो रे भन्दै। वास्तविकता के हो भन्ने कुरा हेर्नुपर्छ। अझै सबैकुरा हामी संस्थागत रुपमा सार्वजनिक गर्ने तयारीमा छौँ, छिट्टै गर्ने छौँ।

प्रतिक्रिया दिनुहोस