अक्वाम्यानका हिरो जेसन श्रीमतीबाट छुट्टिएपछि भ्यानमा बस्छन्, यस्तो अवस्थामा भेटिए…

काठमाडौं। यसै महिनाको सुरुवातमा हलिउड स्टार जेसन मोमाओ र लिजा बोनेटबीच सम्बन्धविच्छेद भयो।१७ वर्ष सँगै बसेपछि ४२ वर्षका जेसन र ५३ वर्षकी लिजा सम्बन्धविच्छेद गर्न राजी भए।

यसबीचमा उनी धेरैपटक भ्यानमा अव्यवस्थित तवरले बसेको भेटिएका छन्। जसकारण सम्बन्धविच्छेदपछि उनको जीवनमा खराब अवस्था निम्तिएको आँकलन गरिएको छ।

सार्वजनिक फोटोहरुमा जेसन निकै अव्यवस्थित देखिएका छन्। उनी अक्वाम्यान र गेम अफ थ्रोन्सजस्ता चलचित्रबाट विश्व चर्चित बनेका नायक हुन्।

सामाजिक संजालमा सार्वजनिक फोटोहेरेर विभिन्न टिकाटिप्पणी भएता पनि जेसनलाई कुनै आर्थिक समस्या नभएको द सनले जनाएको छ।जेसनका साथीहरुका अनुसार जेसन सामान्य जीवन बिताउन रुचाउँछन्। त्यसकारण उनी भ्यानमै सुत्छन् पनि।

 

प्रतिक्रिया दिनुहोस