उखुबारीमा गा’डेको अ’व’स्थामा भेटिएका दुई श’वको प’हिचान खुल्यो

काठमाडौं – मोरङमा खाल्डोमा गाडिएको अवस्थामा दुई व्यक्तिको शव फेला परेको छ । धनपालथान गाउँपालिका–७ को उखुबारीमा गाडिएको अवस्थामा बुधबार राति एकको शव फेला परेको थियो चने अर्काे शव बिहिबार राति फेला परेको हो ।

उक्त शव धरान उपमहानगरपालिका–३ घर भई भक्तपुर बस्ने राजेन्द्रकुमार श्रेष्ठ र सप्तरी म्भुनाथ नगरपालिका–४ घर भई काठमाडौं बस्ने शम्भु चौधरीको रहेको खुलेको छ । उनीहरु दुवै एकअर्काका साथी रहेको र एकै समयमा सम्पर्कविहीन भएको खुलेको प्रहरीले जनाएको छ ।

उनीहरु जग्गा कारोबारमा संलग्न रहेको पनी खुलेको छ । गएको बुधबार एक कामदारले उखु काट्ने क्रममा खाल्टो देखेका थिए । खाल्टो देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए । खबरपछि प्रहरीले दुई शव फेला पारेको थियो । प्रहरीले अहिले यस घटनालाई लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस