मुसिकोटका मृगौला पि’डीत थापालाई आर्थिक अ’भाव, सहयोगको लागि परिवारको अ’पिल !

गुल्मीको मुसिकोट नगरपालिका ६ भुवाचिदीका ३१ बर्षिय बिस्नु बहादुर थापाको दुवै मृगौला फे’ल भएका छन् ।उनको परिवारमा नौ बर्षका एक छोरा, सात बर्षकी एक छोरी र श्रीमती रहेका छन् । घरमा कमाएर ल्याऊने व्याक्ति नै विरामी परेपछि परिवारको बि’चल्ली भएको छ ।

थापा पहिला कामकाजको सिलसिलामा बैदेशिक रोजगारीमा खाडि मुलुक गएता पनि अहिले वि’रामी भएपछि घरमै छन् उनकी पच्चिस बर्षिय श्रीमती अमृता थापाले ऊनको स्याहार गर्दै आईरहेकि छिन् ।

पछिल्लो समय घरमा भएको थोरै रकमले थापाको स्वास्थय ऊपचारको लागि पाल्पा वुटवल लगियो तर दुवै मृगौला फे’ल भएको पुष्टी भएपछि उपचार गर्न लाखौ पैसा लाग्ने भयो परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण थापालाई परिवारले उपचार गर्न नसक्नेहुदा घर फर्काईयो ।

यस बिपयमा मुसिकोट नगरपालिका वडा नं ६ का वडा अध्यक्ष खड्क बहादुर खड्कासंग बुझ्दा आफनो वडामा यस्तो वि’रामी पर्दा आफु निकै दु:खी भएको जानकारी दिनुभएको छ ।

लगत्तै आफुले थापाको उपचारकोलागी नगरपालिकाबाट अलिकती रकम दिलाऊने पर्तिबद्धता जनाऊनुभएको छ । बिभीन्न देशमा सहयोग संकलन अभियान सुरू भईसकेको कुरा जानकारि दिँदै सम्पूर्ण देश विदेशमा हुनुहुने सहयोगि मनहरूलाई सहयोग गरिदिन पनि आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस