गायिका लता मंगेशकरकाे ९४ वर्षकाे उमेरमा निधन

काठमाडौं, भारतकी प्रसिद्ध गायिका लता मंगेशकर‘स्वर कोकिला’ उपनामले चिनिने लताको आज सरस्वती पूजाकै दिन निधन भएको छ ।केही समयअघिबाट स्वास्थ्य समस्यमा रहेकी गायिका मंगेशकरको आइतबार बिहान ९२ वर्षको उमेरमा निधन भएको हो ।मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारको क्रममा आज बिहान लताको निधन भएको प्रेस ट्रष्ट अफ इण्डियाले जनाएको छ ।

कोरोना संक्रमण भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । केही दिनयता उनलाई भेन्टिलेटरमा राखिएको थियो ।भारतीय गायिका भए पनि उनले नेपाली भाषामा गाएका गीतहरु पनि चर्चित छन् । १९२८ मा २८ सेप्टेम्बरमा जन्मिएकी मंगेशकरले नेपाली भाषामा समेत दर्जनाैँ गीतहरू रेकर्ड गरेकी थिइन्, जुन नेपालीमाझ लोक्रप्रिय छन् ।

उनले ३६ भाषामा हजारौं गीत गाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनले थुप्रै नेपाली गीत पनि गाएकी छन् ।उनले पछिल्लोपटक ‘फुल भन्छ फुली रहूँ…’ भन्ने बोलको गीत गायक रामकृष्ण ढकालसँग युगल रूपमा रेकर्ड गरेकी थिइन् । जो नेपालीमा सर्वाधिक मन पराइएको छ ।

यो पनी:छिटो हिँड्ने महिलाहरूमा हृदयघातको जोखिम कम
तीव्र गतिमा हिँड्नु मुटुको स्वास्थ्यका लागि पनि राम्रो हुने अध्ययनले देखाएको छ ।अमेरिकाको ब्राउन युनिभर्सिटीको अनुसन्धानले ढिलो हिँड्ने महिलाको तुलनामा छिटो हिँड्ने महिलाहरूमा हृदयघातको जोखिम ३४ प्रतिशतले कम हुने दाबी गरेको छ । अध्ययनको लागि ५० देखि ७९ वर्षका २५ हजार एक सय ८३ महिलाहरूको स्वास्थ्य रेकर्ड र हिँड्ने गति १७ वर्षसम्म विश्लेषण गरिएको थियो ।

यस अवधिमा एक हजार चार सय ५५ महिलालाई हृदयघात भएको पाइयो । हिँड्ने गति चार दशमलव आठ किमी प्रतिघण्टाभन्दा बढी रहेको दाबी गर्ने महिलामा हृदयघातको जोखिम ३४ प्रतिशत कम थियो भने औसत तीन दशमलव दुई किमी प्रतिघण्टा रहेकामा हृदयघातको जोखिम २७ प्रतिशत कम रेहेको अध्ययनले देखाएको हो ।

जोखिममा परेका महिलाको मुटुबाट शरीरमा पर्याप्त रगत पुग्ने प्रक्रियामा बाधा पुगेको अध्ययन प्रमुख लेखक डा. चार्ल्स इटन बताउँछन् । उनका अनुसार यो वृद्धावस्थाको समस्या हो जसलाई जीवनशैलीमार्फत सुधार गर्न सकिन्छ । तीव्र गतिमा हिँड्दा शरीरमा रक्तसञ्चारको प्रक्रिया सन्तुलित रहन्छ । मुटुले राम्रो काम गर्छ । जसकारण मुटुसँग सम्बन्धित अन्य समस्याहरूको जोखिम पनि कम हुन्छ ।​​​​​​​

प्रतिक्रिया दिनुहोस