यी हुन् धेरै पढेका नेपाली नायिकाहरु को को हुन ? जानी राखौ

काठमाडौं, नेपाली कलाकारहरुलाई कालो अक्षर भैंसी बराबर भनेर कुरा काट्नेहरुको कमी छैन्। कतिले त नेपाली नायिकाहरुलाई नाच्ने नर्तकीको रुपमा मात्र हेर्ने गरेको पाईन्छ । नपढेकै नायिकाहरुले रजतपट धानेकाले पनि पढेका नायिकाहरु ओझेलमा परेका हुन सक्छन् । करिश्मा मानन्धर देखि रेखा थापासम्म जसले १० कक्षाको अनुहार देखेकै छैनन् । यद्धपी केही नेपाली नायिकाहरुले यति पढेका छन् कि सुनेर तपाईलाई विश्वास नलाग्न सक्छ । नेपाल आजले विशेष सोध खोज गरेर यो रिर्पोट तयार पारेको छ । आउनुहोस् जान्नुहोस कसले कतीसम्म अध्यन गरेका छन् ।

१. संचिता लुईटेलः नेपाली चलचित्रकी ‘अप्सरा’ संचिता लुईटेल पछिल्लो समय चलचित्रमा देखिएकी छैनन् । निखिल उप्रेतीसंग दोश्रो विवाह गरेर दुई सन्तान जन्माएकी उनले बागबजारको पद्मकन्या क्याम्पसबाट समाजशास्त्रमा एम ए गरेकी छिन् ।

२. केकी अधिकारीः मसान चलचित्र खेलेर वाहीवाही बटुलेकी केकी अधिकारी अहिले भर्खरै पर्दशनमा आएको चलचित्र ‘ऐश्र्वय’ले चर्चामा छिन् । फिल्म निर्देशक बद्री अधिकारीकी छोरी भएका नाताले पनि कलिउडमा उनको इज्जत नगर्ने भेटीदैँनन् । नायिका केकीले हुमन रिर्सोस म्यानेजम्यान्टमा स्नातकोत्तर गरेकी छिन् ।

३. ऋचा शर्माः नायिका ऋचा शर्माको ट्याग नै बौद्धीक नायिका हुने गर्छ । उनले लिटिल एञ्जल स्कुल हात्तीवनबाट स्कुले जीवन प्रारम्भ गरेकी थिइन् । पछि गोल्डेनगेटबाट ब्यवस्थापनमा स्नातकोर गरेकी छिन् । उनले यस बाहेक जर्मनी र फ्रान्सबाट कलाकारिता सम्बन्धी अध्यन गरेकी छिन् । जिवन्त अभिनय गर्ने क्षमताकी धनि ऋचाले नेपाली रजतपटमा ‘फस्ट लभ’ चलचित्रबाट पाईला टेकेकी थिइन् । जुन सर्वधिक सफल चलचित्र मानिन्छ । त्यसअघि उनले पहिलो पल्ट यस कुमारको ‘थाकेको यो नजरमा’ भन्ने गीतबाट अभिनय यात्रा थालेकी थिईन् ।

४. निशा अधिकारीः कहिले सगरमाथा चढेर त कहिले कपाल पूरै मुण्डन गरेर चर्चामा आईरहन मन पराउने निशा अधिकारी पछिल्लो समय नेपाली क्रिेटर शरद भेष्वाकरसंग विवाह गरेर झन चर्चीत भईन् । विवाहले भन्दा धेरै पूर्व प्रेमीले कार फिर्ता मागेको प्रसंगले खैलाबैला मच्चाएपछि निशा र शरद दुवै जनआश्था लगायतका अन्य अनलाईन पत्रिका बिरुद्ध नै खनिए । तिनै नायिकाले अध्ययन भने अमेरीकामा गरकी छन् ।

उनले फिल्म र सामाजिक विज्ञानमा स्नातक सम्मको अध्यन गरेकी छिन् । उनी निर्माण गरेको फिल्म ‘झ्यानाकुटी ’ प्रर्दशनको तयारीमा रहेको छ । यहि नोभेम्वर १७ तारीखदेखी देश भरी प्रदर्शन हुने चलचित्रको पोष्टर अहिले भाइरल बनेको छ । जहाँ बेनिशा हमालले सौगात मल्ललाई जुरुक्कै उचालेकी छिन् ।

रिमा विश्वकर्माः चलचित्र खेलेर भन्दा पनि मोडलिङ र कार्यक्रम चलाएर हिट बनेकी रिमा विश्वकर्माले पिनाकल एकेडेमीबाट अंग्रेजी र मास मिडियामा स्नातक गरेकी छन् । उनको अध्यन निरन्तर छ । उनले हालसालै एक एनआरएन संग विवाह गरेकी छिन् । पछिल्लो समयमा नेपाल आईडलको प्रस्तोता हुँदा उनले धेरैको मन जितेकी भने अवश्य थिइन् ।

प्रियंका कार्कीः नेपाली सिने उद्योगकी चल्तीकी नायीका सुपर मोडेल तथा आफूलाई प्रेमी आयुश्मान देशराज जोशीकी पे्रमीका भन्न रुचाउने प्रियंका कार्कीलाई छक्का पञ्जाले उचाल्नु उचालेको छ । उनको माग नेपाली चलचित्रमा पहिलो हुने गरेको छ । उनै ‘चोली अली छोटो…’ नायिकाले अमेरीकाको युनिर्भसिटी अफ अलबामाबाट चलचित्रमा डिप्लोमा गरेकी छन् । उनी पनि बौद्धिक नायिकाको क्याटोगोरीमा पर्ने गर्छिन् ।

प्रतिक्रिया दिनुहोस