जंगल गएका स्थानीयले जेब्रा झोलाभित्र भेटे डरलाग्दो वस्तु, प्रहरी नै चकित

काठमाडौँ,धरानको जंगलमा एक मानिसको शव फेला परेको छ । धरान–भेडेटार सडक खण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

धरानको आपगाछी क्षेत्रको जंगलमा दाउरा खोज्न गएका स्थानीयले जेब्रा झोलाभित्र टाउको र खुट्टा देखेपछि बुधबार प्रहरीलाई खबर गरेका थिए।पुरुषको जस्तो देखिने टाउकोको पहिचान नखुलेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।घटनाको इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेको छ।

पछिल्लो समय नेपालमा शान्ति शुरक्षाको अवस्था खस्कँदै गएको छ ।यसैगरी, पोखराको सेती नदीको खोँचमा अड्किएका युवकको १८ घण्टापछि उद्धार भएको छ। कास्की जिल्ला पोखरा महानगरपालिका-१५ ढुङ्गे साँघुमा रहेको सेती नदीको खोँचमा अ’ड्किईरहेको अवस्थामा युवक फेला परेका थिए ।

सिन्धुपाल्चोक जिल्ला घर भई हाल जिल्ला कास्की पोखरा-१० अस्पतालचोक बस्ने ३७ वर्षीय भीम बहादुर तामाङ सेती नदीको खोँचमा अ’ड्किईरहेको अवस्थामा फेला परेका हुन् ।

प्रतिक्रिया दिनुहोस