अभिनेता आमेश भण्डारीले भने – समिक्षा तिमी ‘गोल्डेन हार्ट’ भएकी केटी हौ, लुकेर होइन शीर ठाडो गरेर हिँड्ने हो, नआत्तिनु

काठमाडौं -अभिनेता आमेश भण्डारीले गायिका समिक्षा अधिकारीलाई ‘गोल्डेन हार्ट’ भएकी केटी भएको बताएका छन् । सामाजिक संजाल फेसबुकमा एक लामो स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् ।

आफ्नो फेसबुकमा समीक्षासँगको तस्विर पोस्ट गर्दै आमेशले समिक्षाको प्रशंसा गरेर थाकेका छैनन् ।

नउले समिक्षालाई ‘अब लुकेर हिँड्न पर्दैन शीर ठाडो गरेर हिँड्ने हो’ भन्दै हौसला समेत दिएका छन् । उनको यो पोस्टमा विभिन्न खालका प्रतिकृया आइरहेका छन् ।

आमेश हाल अष्ट्रेलियामा रहेका छन्। समीक्षा पनि भर्खरै अष्ट्रेलियाबाट फर्किएकी हुन्। त्यहाँ रहँदा एकअर्कासँग उनीहरूले बनाएको टिकटकहरू पोस्ट गरेका थिए।

यसो केही दिन पहिले एक अन्र्तार्तामा समिक्षालाई आमेशससँगको सम्बन्धका बारेमा पनि सोधिएको थियो ।यसको जवाफमा समिक्षाले आफूहरू साथी मात्र रहेको जवाफ दिएकी थिइन्।

आमेशले सामाजिक संजालमा लेखेका छन् ‘तिमीलाई बुझेको मान्छेलाई मात्र थाहा छ, तिमी ‘गोल्डेन हार्ट’ भएको केटी हौं भनेर। म सार्है खुशी छु, तिमीले श्रोताहरूबाट आफ्नो हकको माया पाइरहेकी छौ।

नआत्तिनु अझै धेरै सफलताले तिम्रो कदम चुम्न पर्खिराछ। कडा मेहेनत गर र हामीलाई पहिले गराए जस्तै गौरवशाली गराउ’ आमेशले आफ्नो स्टाटसमा भनेका छन्, ‘मलाई थाहा छ,

त्यो बेला नेपालमा हुँदा स्टुडियोमा भेट्दा कति डराएर लुकेर हिँड्नपर्थ्यो, मैले त्यो बेला पनि सहयोग गरेको थिएं,

सँधै गर्छु पनि। मलाई तिम्रो पीडा थाहा छ, अब लुकेर हिँड्न पर्दैन शीर ठाडो गरेर हिँड्ने हो। अझै पनि खुट्टा तान्ने हुन्छन्, अघि बढ्दै जाने हो। प्राउड अफ यू। छिट्टै भेटुला। चाँडै धेरै कामहरू गर्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस