अवैध रुपमा युरोप प्रवेश गर्न खोजेका नेपाली सहित १९ जनाको हिउँमा जमेर नि’धन

काठमाडौं, टर्कीबाट अवैध रुपमा युरोपेली देश ग्रिस प्रवेश गर्न खोजेका नेपाली सहित १९ जना आप्रवासीको हिउँमा जमेर नि’धन भएको छ। टर्कीको सानो सहर एडिर्नेको गभर्नर कार्यालयलाई उद्धृत गर्दै सीएनएनले जनाए अनुसार श-वहरु भेटिएको ठाउँमा खोजी र उद्धार कार्य भइरहेको छ । गृहमन्त्री सुलेमान सोयलुका अनुसार मा’रिनेहरु २२ जनाको समूहमा थिए। सोयलुका अनुसार १९ जना इप्सालामा हिउँले क’ठ्यांग्रिएर मा रिएका छन्।

इप्साला युरोपेली संघ प्रवेश गर्नको लागि प्रयोग गरिने सीमा क्षेत्र हो । हिउँको तुफानबाट बाँ’च्न सफल भएकाहरुका अनुसार यसरी युरोप प्रवेश गर्न खोज्ने समूहमा नेपालीहरु पनि थिए । बाँच्न सफल भएकाहरुले टर्कीको हुर्रियत डेलीन्यूजसँग कुरा गर्दै आफूहरुलाई खाना समेत नदिएर ग्रीसको एउटा क्याम्पमा राखिएको बताएका छन् । सोही समूहमा रहेका बंगलादेशी रियाज एका अनुसार उनीहरु जनवरी ३१ मा ग्रीस प्रवेश गरेका थिए त्यसपछि ग्रीक सुरक्षाकर्मीले उनीहरुलाई पक्राउ गरेर क्याम्पमा पठा एका थिए ।

‘उनीहरुले हामीलाई ३ दिनसम्म खाना पानी केही पनि दिएनन् । त्यहाँ हिमपात भइरहेको थियो र हामीसँग त्यसबाट ब’च्नको लागि उपयुक्त कपडा थिएनन्’ रियाजले भने । उनका अनुसार त्यसपछि ग्रीक सुरक्षाकर्मीहरुले उनीहरुलाई फेरि टर्की तर्फ नै धपा’इदिए । उनका अनुसार त्यसपछि क’ठिन यात्रा गर्दै उनीहरुले अन्ततः एउटा गाडी भेटेर सहयोग मागेपछि ब’च्न सफल भएका थिए । रियाजका अनुसार उनी गएको समूहमा पाकिस्तानी, अफ्रिकी, नेपाली र अफगानीहरु थिए र उनीहरु सबै म-रे ।

प्रतिक्रिया दिनुहोस